नयाँ दिल्ली । ३४ वर्ष पुरानो एक सडक दुर्घटना सम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका नवजोत सिंह सिधुलाई एकवर्षको जेल सजाय सुनाएको छ ।
यसैवर्ष चुनाव हारेका सिधुलाई अदालती निर्णयले अर्को धक्का लागेको छ । सिधुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो ।
अदालतले चार वर्ष अघिको फैसलालाई पनि पुनरावलोकन गरेको छ । त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो ।
भारतीय संचारमाध्यमका अनुसार सिधुलाई आजै गिरफ्तार गरिने भएको छ । उच्च न्यायालयले सिधुको आत्मसमर्पण र गिरफ्तारीलाई लिएर कुनै राहतको उपाय पेश गरेको छैन ।
अदालतको आदेशअनुसार सिधु आजै जेल जानुपर्नेछ । उनलाई पटियाला जेल पठाउने तयारी भैरहेको छ । केहीबेरअघि उनी पटियालास्थित आफ्नो घरमा समेत पुगेका छन् ।
आफूले कानूनको सम्मान गर्ने प्रतिक्रिया उनले दिएका छन् । ट्वीटमार्फत कानूनको सम्मान गर्ने उनको भनाई छ ।