काठमाडौंमा बालेनले आफनो परचम लहराउदै दोब्बर मतले अगाडी

   ७ जेष्ठ २०७९, शनिबार ०९:१८  

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

बालेन भन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् ।
९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् । केशव स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका स्थापित सिंहभन्दा ११३ मतले पछि छन् ।

हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै