गुजरामा चौधरी ३४४ झिनो मतको अन्तरबाट निर्वाचित

   ८ जेष्ठ २०७९, आईतवार १४:११  

रौतहट, ८ जेठ । गुजरा नगरपालिकामा सन्तलाल प्रसाद चौधरी दोश्रो पटक मेयर पदमा निर्वाचित भएका छन् ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गुजारा नगरपालिकाको मेयरमा जनता समाजवादीका चौधरीले ५ हजार १ सय ४३ मत ल्याइ विजयी भएका हुनु ।
चौधरीका निकटम प्रतिस्पर्धी नेकपा एसका केशव रायले ४ हजार ७ सय ९९ मत पाउन मात्रै सके ।
चौधरीले ३ सय ४४ झिनो मतको अन्तरले विजयी बन्न सफल भए । यस्तै नेकपा एमालेका तपÞर्mबाट उम्मेद्वारी दिएका एकरामुल हकले ४ हजार ४ सय ९ मत पाएका पाएका थिए ।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसका रत्ना लामा विजयी भए । उनले ६ हजार १० मत ल्याई विजयी वनिन । लामाको निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रानी कुमारी चौधरीले ४ हजार १ सय ८१ मत हासिल गरेकी छन्।
जसपाका सन्तलाल प्रसाद चौधरी २०७४ सालमा पहिलो पटक निर्वाचित भएका थिए अहिले पुन ः उनले निर्वाचित भएसंगै लगातार दोश्रो पटक जित्न सफल भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै