रौतहट, ८ जेठ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा रौतहटको दुई स्थानीय तहको प्रमुख पदमा महिला निर्वाचित भएका छन् ।
मौलापुर नगरपालिकाको प्रमुखमा रिनाकुमारी साह र इशनाथ नगरपालिकाको प्रमुखमा कौशिल्या देवी निर्वाचित भएका हुन । मौलापुरमा नेकपा एमालेबाट रिनाकुमारी र इशनाथमा लोकतान्त्रिक समाजवादी पार्टीबाट कौशिल्या निर्वाचित भएको छ ।
२०७४ सालमा मौलापुर नगरपालिकामा तत्कालिन नेकपा माओवादीबाट रिना प्रमुख पदमा निर्वाचित हुँदा मधेश प्रदेशकै पहिलो महिला मेयर रहेका थिए । रिनाकुमारी पुन ः २०७९ वैशाख ३० को निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुँदै मेयर पदमा दोहाएर विजय प्रप्त गरेकी छिन् ।
पुरुष प्रधान समाजमा रौतहटको दुई स्थानीय तहको प्रमुखमा महिला र उपप्रमुखमा पुरुष निर्वाचित भएपछि परिवर्तनको झझ्ल्को प्रष्ट हुन थालेका छन् । सधैभरी पुरुषको पछि महिलाहरु हिड्नु परेको भएपनि रौतहटले महिला पुरुष बराबरको हिस्सेदारी भएर अघि बढ्नु पर्ने सन्देश दिएको छ ।
हुनत रौतहटमा १८ स्थानीय तह रहेको छ । जसमध्ये दुई पालिकामा महिला विजयी भएको छ १६ पालिकाको प्रमुखमा विभिन्न पार्टीबाट पुरुष व्यक्ति नै आउने छन् । महिला पुरुष समान रुपमा अघि बढेमा विकास निर्माणको कार्यमा समेत गति लिने र उक्त स्थानको मुहार फेर्नमा सकारात्मक भुमिका निर्वाह गर्न सकिने जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झाको कथन रहेको छ ।
विकास निर्माणमा महिला पुरुष साथ साथ अघि बढेमा समाज परिवर्तन हुँदै सुखी र समृद्ध बन्न सकिने भएकोले सकारात्मक सोचका साथ अघि बढेमा मात्रै विकसित समाजको परिकल्पना गर्न सकिने उनले स्पष्ट पारे ।