दलगत स्वार्थ भन्दा माथि उठेर नगरवासीको हितमा काम गर्नुपर्ने परोहा नपाका मेयर शेख वकिलको आग्रह

214 Shares

रौतहट, ८ जेठ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुनु भएका परोहा नगरपालिकाको उपमेयर सहितका पदाधिकारीहरुलाई आईतवार एक सामारोहका विच मेयर शेख वकिलले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
परोहा नगरपालिकाद्धारा लौकाहा स्थित माध्यमिक विद्यालयमा आयोजित नव निर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण समारोहमा उपमेयर सुगान्धी गिरी सहित ९ वटा वडाका अध्यक्ष सहित वडा सदस्य, महिला सदस्य सहितका निर्वाचित जनप्रतिनिधिहरुलाई मेयर शेख वकिलले खुला चौरमा नगरवासीको उपस्थितिमा सपथ खुवाएका हुन् ।


सपथ खुवाएपछि मेयर शेख वकिलले उपस्थित नगरवासी सहितका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै निर्वाचनको वेलामा एक अर्काको विरुद्ध प्रचारवाजी गरेर चुनाव जित्ने मानसायमा भएपनि निर्वाचित भईसकेपछि हामी सबै एक हौं र सबै मिलेर नगरको प्रगति उन्नती र विकासको कार्यमा हातेमालो गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।
शिक्षा, स्वास्थ्य, कृषि, बाटोघाटो लगायत धेरै काम गरिसकेका थियौ भने कतिपय कामहरु अधुरो रहेको हुँदा परोहा नगरपालिकाको जनचाहना अनुरुप उक्त कामहरुलाई निरन्तरता दिदै विकासोन्मुख बनाई समृद एवं सुखि नगरपालिका बनाउनुपर्ने जोड दिनुपर्यो । परोहाको विकासमा पार्टिगत स्वार्थ भन्दा माथि उठेर नगरवासीको हितमा काम गर्नुपर्नेमा जोड दिर्दै विभिन्न चुनौतीहरुलाई सामना गर्न सबै मिलेर अघि बढेमा मात्रै सबैको साथ र सबैको विकास हुने भएकोमा दलगत स्वार्थलाई थाँती राखेर मन वचन कर्मबाट एकताबद्ध भई जनताप्रति समर्पित हुनुपर्ने नव निर्वाचित जनप्रतिनिधिहरु संग आग्रह गरे ।
सो कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमुख प्रशासकीय अधिकृत महफुज आलम र इन्जिनियर दिपेन्द्र यादवले फुल माला, अबिर, गम्छा ओढाएर सम्मान गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार