रौतहट, ८ जेठ । माधवनारायाण नगरपालिकाको मतदाताहरुले विकास नगर्नेहरुलाई पाखा लगाउदै नेपाली काँग्रेसको युवा उम्मेदवार बैजनाथ प्रसाद यादवलाई अमूल्य मत दिई जिताएका छन् ।
नेका उम्मेवार यादवको पक्षमा ४ हजार २ सय ८८ मत दिएर जिताएका हुन् । निजका प्रतिद्धन्दी लोसपाका लिला प्रसाद तेलीको पक्षमा ३३३२ मात्रै मत प्राप्त हुन सके ।
यसैगरी उपमेयरमा जनता समाजबादी पार्टीका नीर्मला देबी रमणको पक्षमा ३ हजार १ सय ६९ मत दिएर जिताए । उनको प्रतिद्धन्दी लोसपाका जमुना देवीलाई ३१५८ मत प्राप्त भएका थिए । उपमेयरमा रमण ११ मतले अग्रता कायम गर्दै विजेता घोषित भएकी छिन् ।
यस्तै माधवनारायण नगरपालिकाको वडानम्बर १ को अध्यक्षमा नेकपा एमालेका शैलेन्द्र ब्याहुत, २ मा नेकपा एसका राम बिश्वास प्रसाद साह, ३ मा नेकपा एमालेका राज कुमार राय यादब, ४ मा नेकपा माओबादी केन्द्रका राम देबी मुखिया, ५ मा नेकपा एसका नरेन्द्र सहनी, ६ मा नेकपा एसका राम नरेश राय, ७ मा जसपाका दिलिप कुमार यादव , ८ मा नेपाली कांग्रेसका योगेन्द्र प्रसाद महतो र ९ मा लोसपाका राम किसोर साह निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय माधवनारायणले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन