लागु औषध सहित कुश्वार पक्राउ

   १६ माघ २०७७, शुक्रबार १५:०१  

रौतहट, १६ माघ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्यूरो टोलीले रौतहटको मंगलपुरबाट लागु औषध सहित शुक्रवार एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त सुचना अनुसार पुर्व पश्चिम राजमार्ग अन्तर्गत मंगलपुरमा चेकजाँचमा लागु औषध नियन्त्रण व्यूरो विरगंज र इलाका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त टोलीद्धारा चेकजाँच गर्ने क्रममा बा.९३ प. ८६१ नम्वरको मोटरसाइकलमा सवार व्यक्तिलाई सर्च गर्दा ज्याकेटमा लुकाएर राखिएको अवस्थामा २१ सय थान निटराजिपाम ट्याब्लेट, नेटराभेट एम्पुल १० थान सहित नियन्त्रणमा लिएको हो ।


सर्लाही जिल्ला वागमती नगरपालिका ४ सुकदेव टोल बस्ने मुसहर कुश्वारको २७ बर्षिय छोरा शेरबहादुर कुश्वारले ज्याकेट भित्र सात वटा प्याकेटमा उक्त प्रतिबन्धित लागु औषध राखिएको अवस्थामा फेला परेपछि शुक्रवार जिल्ला अदालत रौतहटबाट न्यायीक हिरासतमा राखि आवश्यक अनुसन्धान गर्न म्याद थप गरिएको नेपाल प्रहरी रौतहटको प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै