दुर्गा भगवती (रौतहट), ९ जेठ । दुर्गा भगवती गाउँपालिकामा नव निर्वाचित उपाध्यक्ष सहित जनप्रतिनिधिहरुलाई सोमवार एक सरोहका विच गाउँपालिका अध्यक्ष शम्भुकुमार सिंहले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
सरस्वती उच्च माध्यमिक विद्यालयको कार्याशाला भवनमा आयोजित सपथग्रहण समारोहमा उपाध्यक्ष शिला देवी, वडाध्यक्षहरु प्रदुमन चौधरी, सुरेश चौधरी, धर्मेन्द्रकुमार झा (डिके), रामानन्द प्रसाद यादव र धर्मनाथ चौधरी सहित वडासदस्य महिला सदस्यहरुलाई गाउँपालिका अध्यक्ष पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।


सपथ खुवाएपछि गाउपालिका अध्यक्ष शम्भुकमार सिंहले चुनावमा जितेर आएका जनप्रतिनिधिहरु गाउँपालिकाको जनताहरु प्रति बफादार भई दलगत स्वार्थ भन्दा माथि उठर काम गर्नुपर्ने आग्रह गरे । तराई टप संग कुरा गर्दै अध्यक्ष सिंहले विगतका दिनहरुमा के भयो के भएन, त्यसको पछि नलागि आउदो दिनमा कसरी पालिकावासीहरुलाइ समृद्ध बनाउन सकिन्छ त्यस तर्फ क्रियाशिल भएर विना भेदभाव जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे ।
खास गरी शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था अत्यन्तै दैनिय रहेको महसुस गर्दै त्यसमा सुधार ल्याई गुणस्तरिय शिक्षा र समुचित स्वास्थ्यको प्रबन्ध मिलाउनु प्रमुख जिम्मेवारी रहेको बताउर्दै उनले यस भेगका किसानहरुलाई समयमा मल र विउ उपलब्ध गराउनुका साथै बाटोघाटो सिंचाईको सुविधा पनि प्राथमिकताको सुचीमा रहेको स्पष्ट पारे । यो पालिका जनप्रतिनिधिको मात्रै नभई सम्पूर्ण नागरिकको भएको हुँदा समय समयमा आवश्यक राय सुझाव दिई सुधारको प्रक्रियामा साथ दिन समेत अपिल उनले गरे ।
गाउँपालिकाको उपाध्यक्ष सहित २६ जना जनप्रतिनिधिलाई आज पद तथा गोपनियताको सपथ गाउँपालिका अध्यक्ष सिंहले खुवाउनु भएको जानकारी प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले जानकारी दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन