विराटनगरमा कथित मधेसी मसिहाका सुपुत्रको पराजय

318 Shares

यितेन्द्र शर्मा
मधेसवादको नारा दिएर तराई–मधेसका जनतालाई सडकमा उतार्ने, मर्न र मार्न सम्मको लागी प्रेरित गर्ने तर शासन सत्ता उपयोग गर्ने बेलामा आफना घर–परिवार र जातिका मान्छेलाई साथै महत्व दिने नीतिका कारण अव मधेसका जनता पनि यिनलाई पहिचान गरिसकेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव विराटनगर महानगरपालिकामा उप–प्रमूखको पदमा लज्जास्पद पराजय भोगेका छन् ।
उपेन्द्र यादव डेढ दशक अघि मधेसी युवाका आइकन थिए । नेकपा माओवादी र माओवादी नेता प्रचण्डका घोर विरोधी मानिन्थे । वि.सं. २०६४ सालको संविधान सभाको निर्वाचनमा प्रचण्ड तथा माओवादीलाई गाली गर्दे मधेसीका समर्थन हासिल गरेका थिए तर चुनाव जितेर तीन महिना पनि वित्न नपाउदै प्रचण्ड सरकारमा मन्त्री बन्न गए । विराटनगरमा जसपा भित्र अनेकौ यस्ता योग्य व्यक्ति छन, जो विराटनगरमा उप–प्रमुखका प्रत्याशी बन्न सक्दथे तर कसैलाई पनि मौका दिइएन र उपेन्द्र यादवले आफनो छोरालाई प्रत्यासी बनाए । झन ५ दलको गठबन्धका साझा उम्मेदवार भएर विराटनगरमा जनता समाजवादी पार्टीका कुनै पनि नेता चुनाव जित्न सक्दथे । बर्षौ देखि पार्टीमा लागेका, मधेशी आन्दोलनमा शहादत दिएका तथा घाइते भएकाहरुको परिवारिक सदस्यलाई उम्मेदवार बनाएर विराटनगर जस्तो महानगरपालिकाको उम्मेदवार बन्ने अवसर प्रदान गर्न सकिन्थ्यो, तर उपेन्द्र यादवले आफनो पुत्रमोहका कारण विरटनगरवाट जित्न सक्ने सिटलाई पराजयमा परिणत गर्ने काम गरे ।
उपेन्द्र यादवले आफनो छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको कुरा न त सो पार्टीका नेता र कार्यकर्तालाई न त विराटनगरका आम जनतालाई नै मन परेको थियो । अपेक्षाकृत कमजोर मानिएको नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले उनलाई पराजित गरिन । मुख्य मन्त्री लालवावू राउतकी श्रीमती पर्साको जगरनाथपुरमा उप–मेयरमा पदमा पराजित भईन जबकी प्रदेस सरकारका वरिष्ठ मन्त्री नवलकिशोर साहका छोरा सप्तरीको हनुमाननगर कंकालिनीमा नगर प्रमुखमा, पूर्व मन्त्री रामनरेश राय यादवका छोरा सर्लाहीको पर्सामा प्रमुखमा तथा दर्जनौ ठाँउमा यस पार्टीका नेताहरुको नातेदारले चुनावमा पराजय भोग्नु प¥यो । मधेसमा उपेन्द्र यादवको लोकप्रियता घटदो छ । परिवारवादले अन्य मधेसीवादी दललाई पनि कमजोर बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार