काठमाण्डौं, १६ माघ । विश्व व्यापी कोरोनको समयमा सक्रिय भएर समाजिक रुपमा जागरुक्ता जगाउनुको साथै, सर्वसाधारण संग गरिएको समन्वयकारी भुमिकालाई लिएर वरिष्ठ समाजिक अभियन्ता एवं शिक्षासेवी विजय साह बानिया कोभिड डिफेन्स अवार्ड २०२० बाट सम्मनित हुनु भएको छ ।
फोकस नेपालद्धारा काठमाण्डौंको कमलादी स्थित प्रज्ञा भवनमा शुक्रवार “समृद्धिको लागि समाजिक अभियान” मूल नाराका साथ कोभिड डिफेन्स अवार्डको लागि रौतहटबाट समाजिक अभियन्ता बानियालाई प्रमुख अतिथि पूर्व उपराष्ट्रिपति परमानन्द झाले सम्मानित गरेको हो ।
सहिद दिवशको अवसरमा फोकस नेपालद्धारा आयोजित अवार्ड वितरण कार्यक्रममा देशभरीबाट २० जनालाई उक्त अवार्ड पाउन योग्य व्यक्ति छनौट भएको तथा रौतहटबाट एक मात्र वानिया अडार्व पाउन सफल भएकोमा तराई टपले उनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छ, यस्तै दिनदुखीको साथै मुलुकमा आइपर्ने महामारीको समयमा पनि आफूलाई विर्षेर समाजिक हितमा अनवरत रुपमा लागेर मानविय धर्म निर्वाह गर्न उनलाई हौषला प्रदान होस समेत कामन गर्दछ ।
विश्व व्यापी कोरोना भाईरसको प्रकोपबाट नेपालमा पनि समाजिक अभियन्ताहरु दिनदुखीहरु, वेरोजगारलाई खाद्यान्न, मेडिकल सामग्री, आइसुलेशनको व्यवस्थापन, क्वारेन्टीनको व्यवस्थापनको साथै त्यहाँ चाहिने अत्यावश्यक सामानहरुको समयमै परिपूर्ती गराएर जनहितमा सकारात्मक कार्य वानिया आरडिसीमा रहेर गरेको हुँदा उनलाई कोभिड डिफेन्स अवार्डबाट सम्मानित गर्दा रौतहटबासी गौरवान्ति महसुस गरेका छन् ।