227
Shares
गढीमाई (रौतहट), ११ जेठ । प्रदेश साँसदबाट राजिनामा दिएर आएका जसपाका उम्मेदवार अबुल कलाम अजादलाई हराउदै नेपाली काँग्रेसका उम्मेदवार श्यामप्रसाद यादव दोश्रो पटक गढीमाई नगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् ।
निवर्तमान मेयर यादव नेपाली काँग्रेसका उम्मेदवार संग प्रदेशसभा सदस्यबाट राजिनामा दिएर मेयर पदमा लडेका अब्दुल कलाम आजाद पराजित भएका हुन् ।
नेपाली कांग्रेसका यादवले ८ हजार ६ सय ३१ मत ल्याउदा आजादले भने ८ हजार ७३ मत मात्रै पाएका थिए ।
मधेस प्रदेश सरकारको विकास समितिको सभापति समेत रहीसकेका आजादलाई गढीमाई नगरपालिकाका निवर्तमान मेयर यादव संग पराजित हुनु अत्यन्तै लज्जाष्पद भएको राजनीतिक विश्लेशकहरुको राय रहेको छ । श्यामप्रसाद यादव जनप्रिय एवं जनतामा पहिचान भएको व्यक्ति भएका व्यक्तिको रुपमा परचित गढीमाई मात्रै नभई रौतहटमै चर्चित रहेका छन् ।