कडा प्रतिष्पर्धाका विच गरुडा नपाको मेयरमा कन्थमुणी कलवार निर्वाचित

   १२ जेष्ठ २०७९, बिहीबार ०८:४५  

गरुडा (रौतहट), १२ जेठ । निकै संघर्षपूर्ण प्रतिष्पर्धामा गरुडा नगरपालिकाको मेयर पदमा कन्थमुणी प्रसाद कलवारले बाजी मार्न सफल भएका छन् ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका कलवार संगै नेकपा एसका उम्मेदवार वृजकिशोर यादव र नेपाली काँग्रेसका उम्मेदवार सुनिल यादव विच कडा प्रतिष्पर्धा भएर तर अन्तमा एमाले उम्मेदवार कन्थमुणीले बाजी मार्न सफल भएका हुन् ।
कन्थमुणीले नेकपा एसका उम्मेदवार बृजकिशोर यादवलाई ३८ मतको झिनो अन्तरबाट परास्त गर्दै गरुडा नगरपालिकाको मेयर बन्ने सपनालाई साकार गरे । कन्थमुणीको पक्षमा ४५६४ मत प्राप्त भए भने नेकपा एसका उम्मेदवार बृजकिशोर यादवको पक्षमा ४५२६ मत र नेपाली काँग्रेसका उम्मेदवार सुनिलकुमार यादवको पक्षमा ४४९८ मत प्राप्त भएका थिए ।
त्रिकोणात्मक प्रतिपर्धामा वृजकिशोरलाई ३८ मतबाट पराजित गर्दै मेयर बन्न सफल भएका कन्थमुणीले गरुडा नगरवासीहरु प्रति आभार व्यक्त र धन्यावाद दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै