गरुडा (रौतहट), १२ जेठ । गरुडा नगरपालिकाको उपमेयरमा ठूलो मतको अन्तरबाट नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी पुनमकुमारी चौधरी विजयी भएकी छिन् ।
चौधरीलाई गरुडा नगरपालिकाको मतदाताहरुले विश्वास गरेर ६७०७ मत दिए उनकी प्रतिद्धन्दी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीलाई ४४७७ मत मात्रै दिदै २२३० मतको फराकिलो मतान्तरबाट पुनम गरुडा नगरपालिकाको उप मेयरमा निर्वाचित भएकी हुन् ।
यसैगरी तेश्रो स्थानमा नेकपा एकिकृत समाजवादीकी हिबजा खातुनलाई ४३६३ र एमालेको ज्ञानकला देवी साहलाई २५३९ तथा माओवादीको सकिला खातुनलाई २४८५ मत प्राप्त भएको थियो ।
यी सबै उपमेयरको उम्मेदवारमा पुनम चौधरी गरुडाको चर्चित पत्रकार एवं समाजसेवी स्व. मनोज चौधरीको श्रीमती हुन् । पत्रकार चौधरीको गत बर्षको कोरोनाबाट अल्प आयुमै निधन भएका थिए । मनोजको श्रीमती राजनीतिमा खासै रुची नराखेपनि पारिवारिक ब्याकग्राउण्ड राजनीतिक भएको हँुदा उनका जेठाजु सहितका परिवारको हौसलाले उनी नेकाबाट उपमेयरमा टिकट पाएर दिनरात जनजनको घरमा गई मतदाताहरुको ध्यान आफू तर्फ आकर्षित गर्न सफल भएको मत परिणामले समेत देखाएको छ पुनम । पुनमको जितमा सिंगो रौतहटका पत्रकार जगतलाई हर्ष र खुशी लागेको छ कि मेरा सहकर्मी हामी विच नरहेपनि उनको कमीलाई पुनमले आफनो सकारात्मक कामले पुरा गरेर देखाउने छ ।
आशा र विश्वास छ जनताहरुको सुखदुखमा निरन्तर तल्नि भएर हरपल साथ दिनेनै उनको तपस्या हुनेछ । जनताको मागलाई पुरा गराउन हरदम संकल्पित हुने कामना गर्दै उनको कार्यकाल सुखद, फलदायी, जनमुखी बनोस यही बधाई एवं शुभकामना तराई टपले दिन चाहन्छ ।