रौतहट, १२ जेठ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा रौतहटमा नेपाली काँग्रेस ७ स्थानीय तहमा विजयी हाँसिल गदै पहिलो स्थानमा पुग्न सफल भएका छन ।
नेपाली काँग्रेसले परोहा, राजपुर, गढीमाई, चन्द्रपुर, माधवनारायण, कटहरिया र फतुवा विजयपुर नगरपालिमा सहित सात स्थानीय तहमा विजयी हाँसिल गरी पहिलो स्थानमा पुग्न सफल भएका हुन् ।
हुनत समयको तुल्नमा एक स्थानीय तहको नोक्सान खेप्नु परेको छ । पछिल्लो निर्वाचनमा जितेका दुर्गा भगवती, राजदेवी, वृन्दावन नगरपालिकामा अन्य दलले विजय प्राप्त गरेको हो । तिन सिटको भर्पाई कटहरिया र माधवनारायण दिएपनि एक सिटको नोक्सानी काँग्रेसले वेहोर्नु परेका छन् ।
यसैगरी सबै भन्दा बढि फायदा नेकपा एकिकृत समाजवादीलाई भएको छ । नेकपा एसले गौर, राजदेवी, वृन्दावन र बौधीमाई नगरपालिका गरी चार स्थानीय तहमा विजयी भएका छन् । यस्तै पछिल्लो निर्वाचनमा एक सिट पनि नआएको नेकपा एमालेले यसपाली ३ स्थानीय तहमा विजयी झण्डा लहराएको छ । मौलापुर, गरुडा र देवाही गोनाही गरी ३ स्थानीय तह एमालेको कब्जामा आएका छन् ।
सबैभन्दा बढि नोकसानी जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रलार्ई भएको छ । दुबै दलको ३÷३ स्थानीय तहबाट अहिले १÷१ स्थानीय तहमा सिमित हुनुपरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीको दुई स्थानीय तहमा विजयी भएको छ । इशनाथ र यमुनामाई गाउँपालिकामा लोसपाका उम्मेदवार पुरै प्यानल सहित विजयी भएको छ ।
जिल्लाको १८ स्थानीय तह मध्ये दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्र र गुजरा नगरपालिकामा जनता समाजवादीको विजय भएका छन् । निर्वाचित ११ स्थानीय तहका पदाधिकारीहरु सपथ खाईसकेको छ भने सात स्थानीय तहका प्रमुख सहितका निर्वाचित पदाधिकाहरु सपथ खान बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।