पाकिस्तान चिनियाँ ऋणको बोझबाट थलिएको मुलुक बन्दै गएको

390 Shares

कराँची । पाकिस्तान अहिले चीनिया ऋणको बोझले थलिएको मुलुक बन्दै गएको छ ।
२०२२ सम्म आइपुग्दा पाकिस्तानको बाह्य ऋणको लगभग आधा ऋण चीनिया बैकहरुको भएको एक तथ्याँकले देखाएको हो ।
चिनले पाकिस्तानमा लगानी गरेको सबै ऋण विआरआइ परियोजना संग नै सम्बन्धित रहेका छन् ।
चीन द्वारा निर्माण भैरहेका परियोजनाहरुको समायोजन गर्न तथा निर्णय गर्ने कर्यानवयन गर्ने हक सम्म पाकिस्तानलाई छैन, यस्को सम्पुर्ण अधिकार बेइजिङ्गले राखेको छ । आफ्नो देशको अबस्था अनुसार केही समय अगाडी साउदी अरेबिया सँग ऋण लिएको थियो । तर चीन सँगको ऋण लिएर साउदी अरेबिया लाई तिर्यो ।
यसको अर्थ पाकिस्तान चीनिया ऋणको जालमा यसरी फस्दैछ कि चीनिया ऋण बाट यो मुलुक उम्कन सक्ने अबस्था नै छैनन । चिनले ऋण तिर्न पाकिस्तानलाई लगातार दबाब दिइरहेको छ, यो चिनको पुरानो शैली नै हो ।
पाकिस्तानको आर्थिक अवस्था खराब भएको देखेर अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्बजनिक ऋण माथिको बिश्वास टुट्न सक्ने चेतावनी दिइसकेको छ । चीन सँगको लगावका कारण पाकिस्तान एकापट्टी ऋणमा डुब्दैछ भने अर्को तिर पाकिस्तानि नागरिकमा आक्रोश पनि बढिरहेको छ ।
चिनको महङो ऋण र उइगर मुसलमान प्रती गरेको दमनको नितिले चिन प्रति पाकिस्तान नागरिकले विभिन्न आन्दोलनहरु गर्दै आइरहेका छन । ऋणको भार बढ्दो र मुद्रा सन्चिती बढ्ने क्रममा रहेको पाकिस्तानको अर्थतन्त्र अब केही समय पछि श्रीलंकाकै हाराहारी पुग्ने बिज्ञहरुले बताउदै आइरहेका छन ।
चिनको रणनीतिक महत्वाकांक्षीको रुपमा रहेको विआरआइको एउटा अंशको रुपमा रहेको ६० अर्बको पाकिस्तान इकोनोमिक करिडोर सम्झौता गरेपछी नै पाकिस्तानको अवस्था खराब बन्दै गएको हो । पाकिस्तानले चिनसँग पाकिस्तान इकोनोमिक करिडोरको सम्झौता गरेर सहयात्री बनेपछि अमेरिका लगाएतका देशहरु सँग उस्को सम्बन्ध बिग्रिएको थियो ।
संसारका निम्न तथा मध्यम आय भएका देशहरुमा महङ्गो ब्याजदरमा ऋण प्रबाह गर्दै आइरहेको र ती देशको अवस्थानै बिगार्ने चीनिया नितिको अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि आलोचना हुँदै आइरहेको छ । चिनले दिने ऋणको मुख्य कारण सम्बन्धित देशलाइ आर्थिक संकटमा पार्ने र आफ्नो रणनीतिको लागी उक्त मुलुकलाइ प्रयोग गर्ने साथै ऋण लिने देशको अन्य मुलुक सँगको सम्बन्ध बिगार्ने नीति अनुसार नै विआरआइले काम गरिरहेको छ ।
पाकिस्तान पनि यहि चीनिया नितिको मारमा परेको छ । चीन सँगको सम्बन्धमा पाकिस्तान नजिकिए पछि पाकिस्तानको अरु छिमेकी मुलुक सँगको सम्बन्ध सुधारको बाटोमा जान सकेको छैन ।

चिनियाँ चर्को ब्याजदरको ऋणले गर्दा पाकिस्तानको अर्थतन्त्र धरासायी बन्दै गइरहेको छ । चिनले दक्षिण एसिया घेर्ने रणनीति अनुसार नै पाकिस्तानलाई प्रयोग गरिरहेको र आफनो रणनीतिक प्रभावलाई पाकिस्तानमा लादिरहेको छ । चिनले सन २०१३ मा नै पाकिस्तानको उर्जा बिकास र चीन पाकिस्तान इकोनोमिक करोडोर कुरा उठाएको थियो ।
त्यसपछी तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले त्यो प्रस्ताव सुरु गरे संगै त्यहाको आर्थिक साचो चिनको हातमा पुगेको थियो र सोही दिनबाट पाकिस्तानको खराब दिनको सुरुवात भएको थियो ।
अहिले पाकिस्तानको अबस्था यसरी खराब देखिएको छ कि पाकिस्तान राज्य र नागरिक दुबै चिनियाँ ऋणको पासोमा परेका छन । अहिले पाकिस्तानको बाह्य ऋण मध्येको २७.४ प्रतिसत चिनको नियन्त्रणमा छ । चीनिया ऋणको जोखिम अहिले सबै भन्दा बढी पाकिस्तानलाई छ । चिनले त्यहा ६२ अर्ब डलर बराबरको परियोजना माथी काम गरिरहेको छ त्यस्मा चिनियाँ साझेदारी ८० प्रतिशत रहेको छ ।
चिनले पाकिस्तानलाई उच्च ब्याजदरमा सो ऋण प्रवाह गरेको कारण आउदा दिनमा पाकिस्तान माथी चीनिया ऋणको बोझ अझ बढेर जाने खतरा निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।