सर्लाही, १२ जेठ । सर्लाही प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटका कान्छामान थिङको घरबाट करिव दुई सय ३७ किलो ६०० सय ग्राम गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । ३८ बर्षिय घरधनी थिङ सहित सोही वडाका २१ बर्षिय सुनिल दोङ, १९ बर्षिय विशाल थिङ, २१ बर्षिय मिलन थिङ, १९ बर्षिय निकेश दोङ र लालबन्दी नपा १४ नारायण खोलाका १९ बर्षिय राज बम्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
पत्थरकोटको एक घरमा गाँजा भण्डारण गरिएको र अन्यत्र निकासीको तयारी अवस्थामा रहेको खवर प्राप्त हुना साथ बुधवार इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीको नेतृत्वमा प्रहरी टोली कान्छामानको घर घेराउ गरेर घरभित्र प्लाष्टिकको बोरा र प्लाष्टिकले बेरिएको अवस्थामा ४६ वटा पोकामा गाँजा बरामद गरियो ।
प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न भएको एउटा अनटेष्ट र अर्को प्रदेश–२–०३–०११ प ४२८० नम्वरको दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ । गाँजासहित पक्राउ परेका छ जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
जिल्लाको सबैभन्दा दुर्गम चुरे भेगमा पर्ने नारायण खोलामा व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको छ श्रोतबाट बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन