राधेश्याम कुश्वाहा
सर्लाही, १३ जेठ । छोरीको उमेर २० बर्ष पुगेपछि विहे गर्ने अभिभावकलाई ५० हजार नगद दिने घोषणा चन्द्रनगर गाउँपालिकाको अध्यक्ष राजकुमार महतोले गरेको छ ।
“विहेवारी २० बर्ष पारी” को सिद्धान्त अपनाउने अभिाभावकलाई ५० हजार नगद रकम उपहार स्वरुप गाउँपालिकाबाट दिइने घोषणा अध्यक्ष महतोले गरेको हो ।
सर्लाहीको चन्द्रनगर गाउँपलिकाका नव निर्वाचित अध्यक्ष महतोले पदभार ग्रहण गर्दै ऐतिहासिक निर्णय गर्दै समाजमा उत्पन्न कुरुतीलाई अन्त्य गर्नका निमित्त उक्त निर्णय गरेका छन् । तराई मधेसमा विधमान रहेको बालविवाहलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि दस जोड दुई पुरा गरी २० बर्ष पारी विवाह गर्ने छोरीलाई सम्मान स्वरुप पचास हजार दिने चन्द्रनगर गाउँपालिकाले गरे पहिलो निर्णय गरेको बुझिएको छ ।
चन्द्रनगर गाउँपालिकामा बर्सेनि ५०% भन्दा बढी बालबिवाह हुने गरेको छ , २०% भन्दा बढी कम उमेरमा भागी बिवाहलाई निरुत्साहित गरी छोरीलाई बोझ भन्दा अवसरको रुपमा ग्रहण गर्न शिक्षाको मुलधारमा ल्याई आफनो खुट्टामा उभिन उक्त निर्णय गरेको अध्यक्ष महतोले बताए ।
गाउँपालिका अध्यक्ष महतोले पदभार गर्दै गरेको पहिलो निर्णयले बालविवाह, भागी विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसाको अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने र गरिब, दलित सहित सबै परिवारका छोरीलाई शिक्षाको मुलधारमा ल्याई उच्च शिक्षा तिर डो¥याउनेमा प्रभाव पार्ने स्थानीय पचु माझी मुसहरले बताए ।