zoom download for pc free windows 10 64-bit zoom install network connection failed #1005 zoom app download windows 10 32 bit zoom meeting app download for pc windows 10 - zoom meeting app download for pc windows 10 why are my meetings not showing up in zoom zoom 5.3.0 version download zoom downloed

चन्द्रपुर विकास निर्माणको काममा फड्को मार्दै

   १८ माघ २०७७, आईतवार १६:२२  

रौतहट, १८ माघ । रौतहटको चन्द्रपुर नगरपालिकाको हरेक वडामा अन्य पालिका भन्दा धेरै रकम विनियोजित गर्ने गरिएको दाबी मेयर रामचन्द्र चौधरीले गरेको छ ।
मुलुकको ७५३ पालिकाहरु मध्ये वडामा सवैभन्दा बढि रकम विनियोजन हुने नगरपाकिलाको सूचीमा चन्द्रपुर रहेको हुँदा जनताको इच्छा आकाँक्षा अनुरुप काम भईरहेको दाबी समेत उनले गरेको हो ।
चन्द्रपुरमा आइतबार ग्रामिण विकास केन्द्र (आरडिसी) द्धारा आयोजित जनता सँगको मेयर कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले पुर्व पश्चिम राजमार्ग संग जोडिएको यस नगरपालिकामा १० वटा वडाहरु भएपनि मुलुककै सबैभन्दा बढी रकम पाउने वडा भएको बताए ।
मेयर चौधरीले चन्द्रपुर नगरपालिकाले हरेक वडामा करोड भन्दा बढी रकमको विकास निर्माणको कार्य गर्न बजेट सिलिंग भएर आएको र सोही अनुसार बजेट विनियोजित गरिएको स्पष्ट पारे । १० वटै वडामा विकास बजेटको लागी ३÷३ करोड र बिभिन्न समिति तथा संघिय संसद, प्रदेश संसद गरी, सशर्त अनुदान बजेट लगायतका बजेट गरी प्रत्येक वडाको भागमा ५ करोड भन्दा बढी बजेट बिनियोजन हुदै आएको मेयर चौधरीले दाबी गरे ।
यो बजेट नेपालको कुनै पनि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउपालिकाले दिन नसकेको नगर प्रमुख चौधरीले बताउदै चन्द्रपुर नगरपालिकामा बिकासको लहर आएको बताए । कार्यक्रममा युवा समुह, सामुदायिक वन उपभोक्ता समुह, कृषक समुह, कृषि सहकारी संस्थामा आबद्ध पदाधिकारीहरुले आ—आफनो समस्या राखेका थिए । सहभागीले राखेको प्रश्न तथा जिज्ञासाको मेयर चौधरीले संतोषजनक जवाफ दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै