सशस्त्र प्रहरीको मधेश प्रदेश मुख्यालय बाहिनीबाट खटिएका सशस्त्र प्रहरीको स्क्वाड टोलीले मधेश प्रदेशको जिल्लाहरुबाट करिव ५८ करोड भन्दा बढिको अबैध सामानहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
मधेश प्रदेश कार्यालयमा डिआईजी गणेश ठाडा मगर आएपछि निरन्तर रुपमा स्क्वार्ड टोली परिचान गरेर आर्थिक बर्ष २०७८÷०७९ को वैशाख महिना सम्म भन्सार छली गरेको ५३ करोड ८५ लाख १८ हजार ५८० मूल्य बराबरको भारतबाट नेपाल भित्रयाईएको अबैध सामानहरु, डेढ करोड भन्दा बढिको पशुचौपाया, १ करोड ४० लाख बराबरको काठ, ३७५२१ पिस लागुऔषध, २ हजार ३८५ किलो गाँजा, ३१.५२ किलो चरेश, १७३ मिलीग्राम ब्राउन सुगर बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायलाई आवश्यक कारवाहीको लागि जिम्मा लगाइएको हो ।


यसैगरी, ६० विगहा १७ कत्ठा १० धुर जग्गामा लगाइएको गाँजा फडानी गरिएको, २६ लाख ९८ हजार ७५७ मूल्य बराबरको सुनचाँदी बरामद गरिएको, १७ लाख ५९ हजार ७०१ भारतीय मुद्रा बरामद, २ करोड भन्दा बढि श्रोत नखुलेको नेपाली नोट बरामद, ७ लाख १४५०० नक्कली नोट र नक्कली नोट बनाउने ३३ लाख ९० हजार बरामद गर्न सफल भएको बताइएको छ ।
डिआइजी गणेशबहादुर ठाडा मगरले बाहिनीमा विशेष सूचनाको आधारमा बाहिनीबाट खटिएका स्क्वार्ड टोली निरन्तर रुपमा प्रदेशको आठै जिल्लाको विभिन्न स्थानहरुमा परिचालन गरेर ठूलो परिमाणमा सामानहरु बरामद गर्न सफल भएका छौं । मानव बेचविखनमा संलग्न रहेका ४६ जना, १४ थान हतियार, गोली ३१, ३ म्याग्जीन, १ थान टियर ग्यास सेल, बरामद गरिएको उनले भने ।
उक्त कार्यहरुमा संलग्न २१३ जना व्यक्तिलाई १०३८ सवारीसाधन नियन्त्रणमा लिई कारवाही गरिएको बताउदै डिआइजी ठाडा मगरले अबैध कारोवार नियन्त्रण गर्न ४४ पटक जिल्लाहरुमा समन्वय बैठक भएको तथा ७३७ पटक ज्वाइन्ट पट्रोल गरिएको उनले जानकारी दिए । सिमाबाट हुने अवाञ्छित कार्यलाई निरन्तर गर्न पटक पटक सिमामा चेकजाँच एवं निगरानी अहोरात्री राख्दै आएको छ । कुनैपनि अवस्थामा कसै संग समन्वय नगरी अबैध कारोवारलाई निष्तेज पार्दै प्रदेशमा शान्ति सुरक्षाको अवस्था पहिलाको भन्दा सुधार हुँदै गएको बताए ।
सिमावाट हुने अवाञ्छित कार्यहरुलाई पूर्ण रुपमा नियन्त्रण गराउनमा स्थानीय बासिन्दाहरुको सकारात्मक सहयोग हुनुपर्नेमा उनले जोड दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन