आचारसंहिता पालन गराउने उत्कृष्ट ३ केन्द्राध्यक्ष सम्मानित हुने

960 Shares

राधेश्याम कुशवाहा – सर्लाही, १४ जेठ ।।जिल्ला परीक्षा समिती, सर्लाहीले माध्यमिक शिक्षा परीक्षामा सबैभन्दा बढी आचारसंहिता पालन गर्ने गराउने ३ केन्द्राध्यक्षलाई सम्मान गरिने भएको छ ।

भक्तपुरको सूचना अनुसार २०७९ बैशाख ०९ गतेदेखि २०७९ बैशाख २० गतेसम्म सञ्चालन भएको २०७८ सालको कक्षा–१० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि र प्राविधिक) मा सबैभन्दा बढी आचारसंहिता पालन गर्ने गराउने उत्कृष्ट केन्द्राध्यक्ष र परीक्षा केन्द्रलाई सम्मान गर्ने निर्णय गरेको हो ।

सम्मानित हुनेमा जलधर कमलदेव नमूना माध्यमिक विधालय, ब्रह्रमपुरी गापा-१, केन्द्राध्यक्ष रामेश्वर प्रसाद यादव, श्रीमती कृष्णादेवी जनता माध्यमिक विधालय, मलंगवा नपा-९, विन्देश्वर यादव र जनज्योति नमूना माध्यमिक विधालय, लालबन्दी नपा, केन्द्राध्यक्ष रामनिवास साह रहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ निमित्त प्रमुख सुनिल कुशवाहाले बताए ।

छनौटमा परेका उत्कृष्ट केन्द्र र केन्द्राध्यक्षलाई एक कार्यक्रमका बीच कदर पत्र सहित सम्मान गर्ने कार्यक्रम रहेको बताए ।

जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको बसेको बैठकले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१०, सानोठिमी, भक्तपुरद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा(एसईई), २०७८ लाई समिक्षा गर्दै उक्त निर्णय गरेको हो ।

परीक्षाको मर्यादा कायम गर्न नसकेकोले चक्र जनता शहिद गंगा माध्यमिक विधालय, बरहथवा नपा, केन्द्राध्यक्ष रामबहादुर राय यादव, मुक्तेश्वर गणेश रामसखी जनता माध्यमिक विधालय, बरहथवा नपा-९, मुर्तिया, निरीक्षक कुलदीप ठाकुर, पब्लिक माध्यमिक विधालय, मलंगवा नपा-२, निरीक्षक निर्माला झा, महावीर जनता नमूना माध्यमिक विधालय, हरिपुर नपा, सर्लाहीका निरीक्षक लोकेन्द्र चौधरी, जनता माध्यमिक विधालय, लालबन्दी नपा, नवलपुर, निरीक्षक अशोक महतो, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माध्यमिक विधालय, बलरा नपा, डुमरीया, निरीक्षकद्वय शंकर राय र राजेश प्रसाद सिंह, जनता माध्यमिक विधालय, धनकौल गापा, हरकठवा, निरीक्षक रेखा देवी, गिरधारी राय, विजय कुमार महतो र प्रविण कुमार यादवलाई निलम्बन गरिएको थियोे ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सर्लाहीमा जिल्ला भरका १० हजार ४२१ जना विद्यार्थी सहभागी भए । जसमध्ये ५३३८ जना छात्रा र ५०८३ जना छात्र रहे । जसमा नियमित तर्फ १० हजार ३०१ र ग्रेडवृद्धि तर्फ १२० जना रहेका थिए । जिल्लाका ९५ सामुदायिक र ४३ संस्थागत गरि जम्मा १३८ माध्यमिक विधालयका विधार्थीहरू परीक्षामा सहभागी भएको थियोे । जसमध्ये प्राविधिकधार तर्फका ३०९, खुला विधालयका ५५ र गृहणी विधालयका १८ जना विधार्थीहरू रहेको थियोे ।

जिल्लामा ३६ वटा परीक्षा केन्द्र रहेको थियोे भने प्राविधिकधारको परीक्षा सदरमुकाममा रहेको श्रीमती कृष्णादेवी माविमा सञ्चालन भएको थियो ।

परीक्षामा प्रतिकेन्द्रमा एक जना केन्द्राध्यक्ष गरि जम्मा ३६ जना केन्द्राध्यक्ष, विधार्थी संख्याको आधारमा ७३ जना सहायक केन्द्राध्यक्ष, ५२२ जना निरीक्षक, १०३ जना परीक्षा सहायक , २१० जना विद्यालयमा अध्ययनरत छात्र छात्राहरु सहभागी र प्रतिकेन्द्र १५ जना सुरक्षाकर्मी खटाइएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।