भारत संग सिमा जोडिएको दार्चुलाको दुई स्थानमा निर्माण भईको पुलको औपचारिक रुपमा उदघाटन

231 Shares

कञ्चनपुर । दार्चुलाका दुईवटा अन्तर्राष्ट्रिय झोलुङ्गे पुलहरुको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
ब्यास गाउँपालिकाको वडा नं ६ मा रहेको बडुगाउँ र भारतको ऐलागाड जोड्ने सीमा मा पुल तथा मालिकार्जुन गाउँपालिकाको वडा नं ६ को बाकु र भारतको द्धालसेरा जोड्ने सीमा मा पुलको दुबै देशका अधिकारीहरुले संयुक्त रुपमा उद्घाटन गरेकाे हो ।
बडुगाउँमा रहेको झोलुङ्गेपुल झण्डै एक वर्ष अघि निर्माण सम्पन्न गरिएको भएपनि बाकुमा रहेको पुल निर्माण हुन नसक्दा बडुगाउँको पुल सञ्चालनमा ढिलाइ भएको थियो । सीमा मा पुल सँगै नेपाली सुरक्षाकर्मीको भवन, चेकपोष्ट तथा भारतीय सुरक्षाकर्मी एसएसबीको भवन, चेकपोष्ट समेत नेपाल सरकारले नै निर्माण गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारको तुइन मुक्त कार्यक्रम अन्तर्गत महाकाली नदीमा रहेका तुइन हटाउनका लागि दार्चुलाका ४ ठाउँमा सस्पेन्सन बृज डिभिजनले अन्तराष्ट्रिय सीमा मा पुल राख्ने कार्य अघि बढाएको थियो । जस अन्तर्गध
त मालिकार्जुन ६ बाकु र व्यास ६ बडुगाउँमा एउटा प्याकेजमा रहेका पुलहरु निर्माण सम्पन्न भइसकेको छ । अन्य दुई पुलहरु व्यास ४ मलघट्टे र व्यास २ मालघाटमा निर्माणकार्य जारी रहेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले तुईनको प्रयोग गरि महाकाली पारि आवत जावत गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । यसले दुबै देशका स्थानीलाई आवत जावतमा सहजता ल्याउने अपेक्षा गरिएको बताएका छन् । भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी आसिस चौहानले सीमा पुलले दुई देशको सम्बन्ध अझ सुधार हुने बताएका छन् । सीमा पुलको सुरक्षाका लागि दुबै देशका सुरक्षाकर्मीहरु तैनाथ गरिएको चौहान ले बताएका छन् । व्यास गाउँपालिका अध्यक्ष मंगल सिह धामीले तुईन विस्थापित गरिदिएकोमा नेपाल सरकारलाई धन्यबाद दिएका छन् । पुलको संरक्षण र पुल छेउमा सहज बाटोघाटो बनाउने स्थानीय सरकारको जिम्मा भएकाले आफुले सोही अनुसार कार्य गर्ने बताएका छन्।
दुईवटा सीमापुल सञ्चालनमा आएसँगै दार्चुलाबाट भारत जोड्ने ८ वटा सीमापुल सञ्चालनमा आएका छन् । नेपालतर्फ राम्रो बाटोघाटो नहुदाँ व्यास क्षेत्रका नागरिकहरु बर्षाेदेखि तुईन तर्दै आइरहेका छन् । सरकारले तुईन मुक्त भनी सीमा मा पुल सञ्चालन गरेपछि नेपाली नागरिकहरुलाई स्वदेशबाटै भएर जान सक्ने किसिमको सडक निर्माण गर्नु आवश्यक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।