भीरमा ठोक्किएर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो तारा एयरको जहाज

   १६ जेष्ठ २०७९, सोमबार १२:३१  

पोखरा, १६ जेठ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान १५ मिनेटपछि सम्पर्क विहिन भई दुर्घटनाग्रस्त भएका थिए ।
दुर्घटनाग्रस्त तारा एयरमा तिन चालक दलका सदस्य सहित २२ जना सवार रहेको थियो । जसमध्ये १४ जनाको शव भेटिएको हो । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन बाँकी रहेको छ ।
अन्य यात्रुहरुको शबको खोजी भईरहेको बताइएको छ । आईतवार विहान पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्कविहिन भएको थियो ।
२२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।
तारा एयरको जहाजमा ४ जना भारतीय नागरिक, २ जना अन्य विदेशी नागरिक र १६ जना नेपाली नागरिक सबार थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै