श्रीलंकाली सरकारद्धारा भारतको एक्जिम बैंकको ५० करोड डलरको लगानीलाई स्वीकृत

194 Shares

कोलम्बो । चरम आर्थिक संकटबाट जुधिरहेको श्रीलंकालाई संकट समाधानको लागि भारतको एक्जिम बैंकले ५० करोड डलरको लगानीलाई स्वीकृत गरेको छ ।
श्रीलङ्काको मन्त्रिपरिषद्ले मुलुकमा देखिएको चरम विदेशी मुद्रा संकटका बीच पेट्रोलियम पदार्थ खरिदका लागि भारतको एक्जिम बैंकबाट ५० करोड डलरको लगानी स्वीकृत गरेको हो ।
उल्लेखनीय कुरा के छ भने यो देश सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट जुधिरहेको अवस्थामा पुगिसकेको छ । आयातका लागि डलर अभावका कारण मुलुकमा प्राय ः सबै अत्यावश्यक वस्तुको अभाव सृजना भएको छ ।
‘वर्तमान आर्थिक अवस्थामा पेट्रोलियम पदार्थ खरिदका लागि भारतीय एक्जिम बैंकबाट ५० करोड डलर ऋण लिने प्रस्तावलाई ऊर्जा तथा ऊर्जामन्त्रीले स्वीकृत गरेको छ,’ मन्त्रिपरिषद्को विज्ञप्तिमा भनिएको छ ।
श्रीलंकाले तेल खरिदका लागि भारतको एक्जिम बैंकबाट ५० करोड र स्टेट बैंक अफ इन्डियाबाट २० करोड डलर प्राप्त गरिसकेको ऊर्जामन्त्री कञ्चना विजेसेखेराले बताइन् । जुनदेखि श्रीलंकालाई वर्तमान विदेशी मुद्रा संकटमा इन्धन आयातका लागि ५३० मिलियन अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।
संकटग्रस्त श्रीलंकाले मंगलबार पेट्रोलको मूल्य २४.३ प्रतिशत र डिजेल ३८.४ प्रतिशतले बढाएको छ । विदेशी मुद्रा सञ्चितिको अभावका कारण मुलुकको सबैभन्दा खराब आर्थिक संकटका बीच इन्धनको मूल्यमा भएको यो कीर्तिमानी वृद्धि हो । भारतले सोमबार श्रीलंकालाई करिब ४० हजार मेट्रिक टन पेट्रोल दिएको बताएको छ । यसअघि अप्रिल २ मा भारतले श्रीलंकालाई ४० हजार टन डिजेल पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार