धुलो उडाउदै, पानी चुहाउदै बाटो फुटाउदै टिपर

937 Shares

तराई टप संवाददाता
रौतहट, १८ माघ । चादी खोलामा मेशिन लगाएर जथाभावी उत्खनन गरेर धुलो उडाउदै, पानी चुहाउदै बाटो फुटाउदै टिपर हिडिरहदा दुर्घटनाको जोखिम बढेपनि सम्बन्धित निकाय मौन बसेको छ ।
चन्द्रपुर नगरपालिकाले चाँदी खोलाबाट खोला जन्य पदार्थ निकाल्नको लागि लगाएको ठेक्का आशिक निर्माण कम्पनीले वातावरणमा प ्रत्यक्ष असर पर्ने गरी नियम विपरित जथाभाी रुपमा स्काभेटर र जेसिभी मशिनबाट उत्खनन गरी टिपरबाट ओसारीरहदा गामिण बाटो भाँसिदै जाँदा दुर्घटनाको जोखिम बढेर गएपनि सम्बन्धित निकाय मौन रहनुको कारण के होला ? स्थानीयहरु प्रश्न गरे ।
मोतीपुर घाटमा ठेकेदार कम्पनीले नगरपालिकाबाट तोकिएको मापदण्ड भन्दा तिन गुण बढि ठूल ठूला गहिरो खाल्डो बनाएको र सोही खाल्डोका कारण खोला गाउमा पस्ने खतरा बढेको स्थानीयले बताए । खोला दोहनका लागि ठेक्का पाएका ठेकेदारले खोलाको ग्रावेल पानी चुहाउदै, धुलो उडाउदै, सडक फुटाउदै लैजाने गरेका कारण सर्वसाधारणको वातावरणमा परिरहेको प्रतिकुल असर तथा मरधर भएर जाने बाटोमा मोटर साईकल र साईकलमा हिड्ने बाटाहरु चिप्लेर लडने खतरा बढदै गएका छन् । जिल्लाका अधिकांस खोला पछिल्लो समय ठेकेदारले मनलाग्दी उत्खनन् गर्ने गरेको भएपनि त्यस तर्फ सम्बन्धित पालिकाले ध्यान नदिएको गुनासो स्थानीय स्तरमा बढदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार