रौतहट, १६ चैत । रौतहट सदरमुकाम गौर स्थित बरहवा खोलामा रहेको झुलुङ्गे पुलको प्लेट (फ्रेम) चोरी भएको छ ।
गौर बजार सम्म नगरपालिकाको वडा नम्वर ८ का बासिन्दारुलाई सहज रुपमा आउन बरहवा तालमा रहेका झुलुङ्गे पुलको एउटा प्लेट आईतवार राति चोरी भएको हो ।
वडा नम्वर ५ भएर वडा नम्वर ८ पुरेनवा सम्म जान सानो दुरीको बाटोको विचमा रहेको बरहवा खोलामा ७ बर्ष अघि निर्माण भएको झुलुङ्गे पुलको प्लेट चोरी हुँदा उक्त बाटो भएर आउने जनताहरुलाई सास्ती खेप्नु परेका छन् ।
झुलुङ्गे पुलको प्लेट चोरी भएपछि बरहवा पारी पुरेनवा, कुडवा गाउँका बासिन्दालाई झोलुंगे पुल भएर ओहोरदोहोर गर्न निकै कठिनई भईरहेको छ । बालकालिकाहरु पुलबाट सोझै तालमा खस्ने खतरा बढेका छन् ।
स्थानीय बासिन्दाहरु गौर नगरको मेयरलाई तत्काल मर्मत गराएर झुलुङ्गे पुललाई संचालन गराउनु पर्ने आग्रह गरेको छ ।
गौर नगरको मेयर शम्भु साहले पुलको निरीक्षण पश्चात मरम्मतको लागि प्राविधिक फाँटलाई निर्देशन दिइएका छन् । पुलको प्लेट चोरी भएपछि मेयर साहले चोर र चोरी भएको सामानलाई पत्ता लगाउन प्रहरी सहित सबै पक्ष संग आग्रह गरे ।
तत्कालीन जिल्ला विकास समिति रौतहटले डोलिडार प्रोजेक्ट अन्तर्गत बनाएको पुल अत्यन्तै चालू अवस्थामा नै रहेको थियो ।
गौरका मेयर साहले अविलम्ब जिल्ला प्रहरी कार्यालय गौरबाट चोर समुहको पहिचान गरेर आवश्यक कारवाही अघि बढाउनुपर्ने माग गरे ।