नगरप्रमुख कन्थमुणी कलवारले नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाए

288 Shares

गरुडा (रौतहट), १६ जेठ । नवनिर्वाचित उपमेयर पुनमकुमारी चौधरी देखि लिएर वडाध्यक्ष र सदस्यहरुलाई सोमवार एक सामारोहका विच नगरप्रमुख कन्थमुणी प्रसाद कलवारले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गरुडा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार कन्थमुणी प्रसाद कल्वार र नेपाल काँग्रेसबाट उपमेयरमा निर्वाचित भएका पुनमकुमारी चौधरी लगायतका सदस्यहरुको आज एक समारोहका विच नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहको प्रमुख उपस्थितिमा पद तथा गोपनियताको सपथ नगरप्रमुख कलवारले खुवाएका हुन् ।


सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी समिति सदस्य प्रभु साहले नगरको विकास निर्माणको कार्यमा पार्टीगत स्वार्थ भन्दा माथि उठेर जनचाहना अनुरुप निर्णय गर्नुपर्नेमा जोड दिए । विकास पुरुषको पर्यायवाची बनेका साहले विकास निर्माणको कार्यमा कसैसंग भेदभाव नगरी समग्र नगर र नगरवासीको हितमा हुने कार्यहरुलाई प्रमुख प्राथमिकता दिएर संचालन गर्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु, स्थानीय बासिन्दाहरु, गरुडा नगरमा निर्वाचित भएका वडाध्यक्ष सहित वडा सदस्यहरुले आज पद तथा गोपनियताको सपथ लिएको गरडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार