231
Shares
नया दिल्ली । भ्रष्टाचारको आरोपमा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् ।
जैनलाई प्रवर्तन निर्देशनालयले सोमबार पक्राउ गरेको हो । जैनविरुद्ध भ्रष्टाचार र हवाला मुद्दामा अनुसन्धान भइरहेको थियो । जैन आम आदमी पार्टीका सुप्रिमो अरविन्द केजरीवालको निकट मानिन्छ ।
जैनको परिवार र फर्महरूको ४.८१ करोडको अचल सम्पत्तिहरू दुई महिना अघि सीबीआईले मनी लान्ड्रिंग रोकथाम ऐन अन्तर्गत दर्ता गरेको एफआईआर पछि अस्थायी रूपमा नियन्त्रणमा लिइएको थियो । यस विषयमा शुरुमा सीबीआईले अगस्ट २०१७ मा मुद्दा दर्ता गरेको थियो । त्यसपछि यो मुद्दा प्रवर्तन निर्देशनालयमा सारिएको थियो ।