प्रतिनिधि सभाको बैठकबाट साँसद स्व. डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित

   १७ जेष्ठ २०७९, मंगलवार १९:३८  

काठमाडौं, १७ जेठ । प्रतिनिधि सभाको बैठकले सांसद स्व डा डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव मंगलवार पारित गरेको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई सर्व सम्मतिले पारित गरेको हो । बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण समेत गरेका थिए ।
२०७० को दोश्रो संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको लडाईमा उनी पराजित हुदै निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै