काठमाडौं, १७ जेठ । नेपाल सरकारको अर्थ मन्त्रीले पेश गरेको बजेट जनमुखी, जनकल्याणकारी नभई आउदो निर्वाचनमा कार्यकर्तालाई व्यवस्थापन गर्न निम्ती भएको भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले बताए ।
प्रतिनिधि सभामा प्रस्तुत भएको बजेट माथिको छलफल कार्यक्रममा भाग लिदै रौतहट क्षेत्र नम्वर १ का संघिय साँसद रहेका झाले बजेट जनमुखी, जनकल्याणकारी नभई मात्रै कार्यकर्ता एवं चुनावलाई मध्यनजर गर्दै मात्रै लोभ्याउने खालको रहेको टिप्पणी गरेका हुन् ।
“प्रस्तुत भएको बजेट ६ महिना पछाडि हुने निर्वाचनमा कार्यकर्ताहरुलाई पाल्ने र परिचालन गर्नमा पैसा बाँड्न गर्न उद्देश्यबाट बनाइएको बजेट हो”, साँसद झाले भने । झाले बजेटमा कुनै नयाँ कार्यक्रम नभएको भन्दै बजेट ल्याउने परम्पराले निरन्तरता पाएको बताए ।
बजेटले नदीजन्य समस्या समाधान र प्राकृतिक विपत्ति न्यूनीकरणको गम्भीर सवाललाई नसमेटिएको बताउदै पशु बीमा र कृषि बीमा कार्यक्रम २० प्रतिशत पनि लागू हुन सकेको छैनन् । बजेटमा लेखिएका नारा कार्यान्वयन गरेर देखाउन अर्थमन्त्रीलाई चुनौती नेता झाले दिए ।