गौर राइस मिल्सको जग्गा अघिग्रहण गर्न सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम गौरमा सम्पन्न

512 Shares

रौतहट, १९ माघ । रौतहट सदरमुकाम गौर स्थित रहेको गौर राइस एण्ड फ्लोर मिल्सको जग्गा अधिग्रहण गर्ने अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा आज गौरमा आयोजित गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न अन्तरक्रिया कार्यक्रममा जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी सदस्य, निर्वाचन आयोग प्रमुख तथा निवर्तमान साँसद अनिलकुमार झाले गौर राइस एण्ड फ्लोर मिल्सको जग्गालाई अधिग्रहण गर्न प्रदेश सरकारबाट कानुनी प्रक्रिया पुरा गरेर सरकारीकरण गर्नुपर्नेमा जोड दिए । रौतहट सदरमुकाम गौरको विचमा रहेको एतिहासिक राइस मिल्सको मैदानमा राजनितिक सभा, खेलकुद मैदान, ठूल ठूला महोत्सव गर्न एक मात्र उपयुक्त स्थान रहेको हुँदा सवै कानुनी अडचनहरु पार गरेर राइस मिल्सको उक्त जग्गालाई सरकारीकरण गर्नु बाहेकको कुनै विकल्प नरहेको स्पष्ट पारे ।
मधेश आन्दोलनको अर्वरभुमिको रुपमा विख्यात रहेको गौरको सौन्दर्यीकरणमा राइस मिल्सले चर्चेको योग्दानलाई कदर गर्दै जनहितमा उक्त जग्गालाई सदुपयोग गरेर अघि बढ्ेमा मात्रै सहिदको सपना पुरा हुने झाले बताए ।
प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवले गौर राइस मिल्सको वारेमा जति सुनेपनि बास्तविक्ता आज बुझ्न सौभाग्य पाएको चर्चा गर्दै गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्नका निमित्त १५ करोड रुपैया विनियोजन गरेको हुँदा यसै आर्थिक बर्षमा अधिग्रहण गरी नेपाल सरकारको नाममा पारित गराउन प्रदेश सरकार कटिबद्ध रहेका बताए । गौर राइस मिल्सको जग्गा रौतहटबासीको मुटूको रुपमा रहेको हुँदा कुनै पनि भु माफियाहरुलाई विक्री वितरण गर्न नदिई यहाँको जनताको पक्षमा कायम गराई खेल मैदानको रुपमा विकसित गराएर अघि बढ्ने प्रतिक्रिया उनले दिए ।
प्रदेश सरकारको भुमि व्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र यादवले रौतहटबासीको खुन पसिनाबाट सिंचिएको गौर राइस मिल्सको जग्गा त्यसै खेर जान नदिने चेतावनी दिदै गौर राइस मिल्सको जग्गामा आँखा लगाउने भु माफियाहरुलाई प्रदेश सरकारबाट तह लगाई जनताको हितमा निर्णय गराउन आफू सहितका मन्त्रीहरु जस्तो सुकै उत्सर्ग गर्न तयार रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जग्गा प्राप्त ऐन २०३४ अनुसार सबै कानुनी प्रक्रिया पुरा गरेर मात्रै अधिग्रहणको प्रक्रिया अघि बढाएमा उपयुक्त हुने बताउदै राइस मिल्सको जग्गा रौतहटबासीको धरोहरको रुपमा रहेको हुँदा यसलाई संरक्षण एवं संबर्धन गर्न रौतहटबासीको कत्तव्र्य रहेको प्रष्ट पारे ।
गौर नगरपालिकाको प्रमुख अजयकुमार गुप्ताले गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न निर्वाचित भएको पहिलो कार्यकाल देखि नै प्रक्रियाहरु अगाडी बढाएको तर संघिय विकास मामिला तथा स्थानिय विकास मन्त्रालयले आर्थिक प्रक्रिया पुरा गर्नका लागि अर्थ मन्त्रालयमा पठाएपनि त्यहाँबाट कुनै सहयोग नहुने बताएपछि बाध्य भई प्रदेश सरकारलाई गुहार्नु परेको दुखेसो पोखे । प्रदेश सरकारबाट पनि अधिग्रहण गर्नका निमित्त यस बर्षको बजेटमा १५ करोड रकम छुट्याएको तर काम कतिको सफलता हुने हो आउने समयले देखाउला । नगरपालिकाको तर्फबाट बारम्बार प्रयास गरिरहेको भएपनि सफलता पाउन गाह्रो नै रहेपनि प्रयास नछाड्ने बताए ।
नागरिक समाजको अध्यक्ष जग्गन्नाथ प्रसाद केसरी, जेष्ठ नागरिक संघको अध्यक्ष विजयकिशोर झा, उद्योग वाणिज्य संघको अध्यक्ष पंडित जयसवाल, अनिल सिंह र रेबन्त झा, संचारकर्मी प्रभातकुमार झा र शैलेन्द्र गुप्ता सहितको वक्ताहरुले गौर राइस एण्ड फ्लोर मिल्सको जग्गा सार्वजनिक गर्नुपर्नेमा जोड दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार