326
Shares
काठमाडौं, १८ जेठ । सांसद हृदयेश त्रिपाठीले बजेट सुन्निएरको छ, सुन्निनु रोग जस्तै रहेको बुधवारको प्रतिनिधि सभामा बोल्दै टिप्पणी गरेका छन् ।
उनले कृषिका नाममा बजेट छुट्याइए पनि बर्षेनी किसानहरू पानी, मल र विउ नपाएर समस्या झेल्न बाध्य भएको बताए । ‘खेतीको समय छ तर मलको चरम अभाव छ । तर आकांक्षा हाम्रो ३० प्रतिशत आयात घटाउँछौ भन्ने छ’, उनले योगदानका आधारमा किसानलाई पेन्सन दिने सरकारको नीतिको पनि आलोचना गरे ।
‘किसानलाई पेन्सन दिने भनेको के हो ? यो हावादारी कुरा हो’, उनले पेन्सन दिने मोडालिटी अस्पष्ट भएको भन्दै कृषि माथिको लगानी र किसान माथिको लगानी विडम्बना बनिरहेको बताए । ‘मन्त्रालयमा किन्ने गाडी घोडामा लगानी गरिन्छ’, पूर्वमन्त्री समेत रहेका त्रिपाठीले भने, ‘कृषि आयात घटाउने वित्तिकै राजश्व घट्छ त्यो कहाँबाट पूर्ति गर्ने ? त्यो देखाइएको छैन ।’