संखुवासभामा पहिरोमा दुई जना मजदुर पुरियो

364 Shares

संखुवासभा, १८ जेठ । चैनपुर नगरपालिका वडा नम्वर १ संखुवासभामा सुख्खा पहिरो जाँदा दुई जना पुरिएका छन् ।
नुनढाकी सड्कखण्डमा निर्माणको क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।
सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएको छ । स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार