298
Shares
रौतहट, २० जेठ । स्थानीय तहको निर्वाचन सकिना साथ संघिय सरकारले घोषणा गरेको आर्थिक बर्ष २०७९÷०८० को बजेटमा रौतहटको १८ वटा स्थानीय तहले पाउने रकम पनि सार्वजनिक गरेका छन् ।
चन्द्रपुर नगरपालिकालाई ४१ करोड ५६ लाख रकम बिनियोजन गर्दै १८ पालिकामा शिर्ष स्थानमा रहेको छ भने यमुनामाई गाउँपालिकालाई १५ करोड १२ लाख विनियोजन गरेर जिल्लामै बजेट पाउनमा पुछारमा रहेका हुन् ।
१६ नगरपालिका र २ गाउँपालिका रहेका रौतहटमा दुर्गा भगवती गाउँपालिकाको बजेट बौधीमाई नगरपालिका भन्दा बढि विनियोजन गरिएको छ । यस्तै गौर भन्दा बढि गरुडा नगरपालिकालाई बजेट विनियोजन गरिएको बताइएको छ ।