बलरा (सर्लाही), २० जेठ । सर्लाही जिल्लाको भारतीय बजार संग जोडिएका विभिन्न चोर नाकाहरु भएर नेपालमा भित्रने विभिन्न अबैध सामानहरु सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी कार्य निर्वाध रुपमा हुँदै आएका छन् ।
विगत लामो समय देखि एउटै बेसको कमाण्डर बनेर बस्दै अवाञ्छित क्रियाकलापमा संलग्न रहेको आरोप लागेपछि भारत संग सिमा जोडिएका सर्लाहीका २ वटा सशस्त्र वेस क्याम्पको सशस्त्र प्रहरी निरीक्षकलाई मधेश प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनीले तानेको छ ।
सर्लाहीको छतौना बोर्डर आउट पोष्ट (विओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक संजिव तिवारी र बाराउधोरण अर्नाहा विओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फणिन्द्र गोलेलाई मदेश प्रदेश मुख्यालय छिन्नमस्तामा तानिएको सशस्त्र प्रहरी श्रोतबाट बुझिएको हो ।
दुबै विओपी इन्चार्जहरुको मिलोमतोमा ठूलो परिमाणमा सिमापारी भारतीय बजारबाट राजस्व छलेर नेपाल भित्रयाउने अबैध सामानहरु निर्वाध रुपमा ल्याउन दिइरहेको गम्भीर आरोप लागेका छन् । उक्त विओपी भएर नेपाल भित्रने विभिन्न चोर नाकाहरुबाट दैनिक लाखौं लाखको मालसामानहरुको तस्करी गराएको गम्भीर आरोपमा उनीहरुलाई जिम्मेवारीबाट तत्कालै हटाएर बाहिनीमा तानिएको बताइएको छ ।
प्राप्त सुचनाको आधारमा १३ गते राति मधेश प्रदेश मुख्यालय छिन्नमस्ताका प्रमुख डिआइजी गणेश ठाडा मगरले बस्तविक्ता के रहेछ भन्न बुझन् पठाएको स्क्वार्ड टोलीले उक्त दुबै नाका भएर भित्रदै गरिरहेको अवस्थामा २५ लाख मूल्य बराबर भन्दा बढिको कपडाको पोकालाई नियन्त्रणमा लिएका थिए । राजस्व छलेर भित्रयाइएको उक्त कपडा बरामद भएपछि दुबै विओपी इन्चार्जलाई मुख्यालयमा शनिवार तानिएको श्रोतले दाबी गरे ।
सर्लाहीको बलरा, फेनहरा, बारा उधोरण, अर्नाहा, मधुबन्नी, त्रिभुवननगर लगायतका नाकाहरुबाट दिउसो र रातिको समयमा निर्वाध रुपमा तस्करी कार्य संचालन हुदै आएको छ । कपडा, खानेतेल, मेशेनरी पार्टहरु, चिनी, सुर्ती, लगायतका सामानहरुको तस्करी हुने गरेको छ । लामो समय देखि एउटै विओपीमा बसेर तस्करी गराउदै आएका सशस्त्र प्रहरी निरीक्षकद्धय तिवारी र गोलेको सशस्त्र प्रहरी बल नेपाल १० नम्वर गणका एसपी भरत खनीया संग राम्रो सम्बन्ध रहेको कारण चोरी तस्करी नियन्त्रणमा हुन सकेको छैनन् ति श्रोतले बतायो ।
बारा उधोरण अर्नाहा विओपीका सशस्त्र प्रहरी निरीक्षक गोले विगत ३ बर्ष देखि र छतौना बेसका इन्चार्ज तिवारी डेढ बर्ष देखि उक्त स्थानको कमाण्डमा रहदा तस्करी कार्यले निकै प्राथमिकता पाएको बताइएको छ । भारत सितामढी जिल्ला र सर्लाही जिल्लाका प्रख्यात तस्करहरुको मुख्य कार्य नै दैनिक रुपमा मालसामानहरु चोरबाटो भएर नेपाल भित्रयाउने गरेका छन् । उक्त कार्यवापत विओपी देखि लिएर गण सम्म तथा जिल्लाको सुरक्षा निकाय सम्म आर्थिक चलखेल भईरहदा तस्कारी कार्य सर्लाहीमा यतिखेर फस्टाउदै गएका छन् ।
यसविषयमा सशस्त्र प्रहरीको मधेश प्रदेश मुख्यालय छिन्नमस्तामा सम्पर्क गर्दा डिआइजी गणश ठाडा मगर स्वास्थ्य अवस्थाको कारण विदामा बसेको तथा अन्य जिम्मेवारी बोकेका निमित्त प्रमुख विष्णुप्रसाद भटले केही भन्न नमिल्ने जवाफ दिए ।
छिन्नमस्ता श्रोतका अनुसार नेपाल भारत विच खुला सिमा भएको हुनाले चोरी तस्करी तथा अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्ने कार्यमा सशस्त्र प्रहरी खटिएको भएपछि सर्लाहीको अवस्थामा अलि बढि सम्बेदनशिल कुराहरु आएपछि त्यसवारे आवश्यक छानविन एवं सोधपुछका लागि दुबै सशस्त्र प्रहरी निरीक्षकलाई शनिवार बाहिनीमा बोलाइएको छ । सशस्त्र प्रहरीको नितान्त आन्तरिक कुरा भएको हुँदा अन्य कुरा भन्न नमिल्ने ति श्रोतले बतायो ।