चन्द्रपुर (रौतहट), २० जेठ । सरकारी निकायका जिम्मेवार पदाधिकारी लापरवाहीको हद पार गरेको एक सिफारिश पत्रले पुष्टि गरेको छ ।
इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रशासकीय अधिकृत नविन रेग्मीको हस्ताक्षरमा एक मुस्लिम समुदायको व्यक्तिलाई दलित भनेर सिफारिस गरिएको कार्यबाट गैर जिम्मेवारी पनाको हद पार गरेको उक्त पत्रबाट पुष्टि गरिएको हो ।
इलाका प्रशासन चन्द्रपुरको पत्र संख्या २०७८÷०७९ को चलानी नम्वर ४६१० को पत्रमा रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्वर ५ का कमरुल मिया दर्जीको छोरा मोहम्मद आरिफ मिया दर्जीले दलित प्रमाणित गरी पाउ भनेर निवेदन दिएपछि गुजरा नगरपालिकाबाट २०७८ जेठ १८ गतेको चलानी नम्वर १४३० को सिफारिस पत्रमा निज दलित समुदाय अन्तर्गत पर्ने व्यहोरो प्रमाणित गरिदिनु हुन अनुराध गर्दा साही व्यहोरा अनुरोध छ भनेर पत्र दिएका छन् ।
मुस्लिम समुदाय दलितमा पर्छ कि पर्दैन यति पनि जानकारी छ कि छैन इलाका प्रशासन कार्यालय चन्द्रपुरका शाखा अधिकृत रेम्भी माथि प्रश्न चिन्ह खडा भएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन