गौर नगरपालिकाको नगर प्रमुख शम्भु साह “नायक” स्टाइलमा

547 Shares

रौतहट, २० जेठ । सिंहदरवारको अवधारणा सहित स्थापित भएका स्थानीय तहमा उत्पन्न भएका बेथितिहरुलाई निर्मूल पार्ने हेतु गौर नगरपालिकाको प्रमुख शम्भु साहले अनुगमन कार्यलाई तिव्र बनाएका छन् ।
मसहुर हिन्दी फिल्म नायकको स्टाइलमा गौर नगरपालिकाको मेयर विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय, विद्यालय भवन सहित विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई समाधान गर्न “अन दि स्पट” मा गएर समस्या पहिचान गरेर समाधानको लागि नियमकानुनको परिधिमा रहदै कार्यहरु गर्दा गौर नगरवासीहरुले नगरप्रमुखको कार्यशैलीबाट निकै प्रभावित भएका हुन् ।
पछिल्लो कार्यकालमा अनावश्यक कर्मचारीहरु भर्ना गरेर गरिएको अनियमित कार्यबाट नगरपालिका माथि आर्थिक बोझ बढाएको, गैर जिम्मेवार व्यक्तिहरुलाई कर्मचारीमा भर्ना गरिएको, शिक्षक भर्नामा आसेपासेलाई भर्ना गरेर कर्मचारी भर्ती केन्द्रमा परिणत गरेकोहरुलाई सुधारको प्रक्रियामा नव निर्वाचित नगरप्रमुख साहको यथोचित कार्यबाट नगरवासीहरुलाई अब केही परिवर्तन हुन्छ कि आशा जागेका छन् ।
कार्यालय सहयोगीको रेकर्डमा नाम हुने तर कहिले पनि कार्यालयमा उपस्थित नभई तलव भत्ता बुझदै आएका २५ जनालाई करार मुक्त गरिएको छ । एक जना कम्प्युटर अपरेटर घरमै बसेर तलव लिदै आएकालाई समेत पदमुक्त गरिएको गौर नगरपालिका कार्यालय श्रोतले तराई टपलाई बताए ।
जुद्ध माध्यमिक विद्यालय, राजकुमार मावी, टिकुलिया मावी, पुरेनवा मावी सहित गौर नगरपालिका भित्र रहेका सम्पूर्ण आधारभुत विद्यालयहरुमा स्थलगत रुपमा अनुगमन गर्दै कक्षा ५ सम्म दिइने दिवा खाजाको मेनु टास गराउदै अनिवार्य रुपमा बालबालिकाहरु दिवा भोजनको व्यवस्थापन गराउनुका साथै विद्यालयमा विषयगत शिक्षक सहित ७ घंटी अध्ययन भईरहेको छ कि छैन त्यस वारेमा चासो लिदै गुणस्तरिय शिक्षा नदिएमा सोको जिम्मेवार प्रअ हुने चेतावनी नगरप्रमुख साहले दिए ।
यसैगरी मानविय धर्म विपरित गौर नगर भित्र रहेका प्रादेशिक अस्पताल गौरमा दक्ष चिकित्सकहरु भएपनि उपचारको व्यवस्थापन नभएको र म्याद गुज्रिएको सलाईपानीको प्रयोग भएको व्यापक गुनासो आएपछि स्थलगत रुपमा गौर अस्पतालको शुक्रवार अनुगमन गरे । मेडिकल सुप्रिडेन्ट कृष्णा साहलाई स्पष्ट रुपमा म्याद सकेको औषधी दिइयो वा बाहिरबाट खरिद गर्न भनेपछि विभागीय कारवाहीको लागि सिफारिस गर्ने चेतावनी दिए । आम जनताको जनस्वास्थ्य संग खेलवाद गर्नेलाई कुनै किसिमको छुट नपाउने भएको हुँदा अव उपरान्त यस्ता कुराहरु सुन्न नपरोस, विरामीहरुको उपचार राम्रो हुनुपर्ने निर्देशन दिए ।
नगरप्रमुख साहको सक्रियता बढेपछि गौर नगरवासीहरु पनि उनको कार्यलाई अति नै सराहना गरिरहेको छ । यस्तै कार्यलाई तिव्रता दिदै यहाँको धमिराहरुलाई निर्मुल बनाई गौरलाई सुन्दर, शान्त, राम्रो शहरमा परिणत गर्न गौर नगरवासीको चाहना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।