बंकुल, २१ जेठ । सशस्त्र प्रहरीले रौतहटको बौधीमाई नगरपालिकाको बंकुल बजारबाट कबाडीको समान लोड भएको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
ना २ ख ८४५९ नम्वरको ट्रकमा कबाडीको समानहरु लोड गरेर सिमा पारी भारत तर्फ पठाउने अवस्थामा सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । बिलबिजकहरु नभएको कबाड सिमापारी पठाउन लागिरहेको अवस्थामा शुक्रवार रातिको समयमा विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाको संयुक्त प्रयासबाट करीब १० टन फलामको रड सहितको कबाड नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका एसपी धु्रव कार्कीले बताए ।
बरामद भएको कबाड सहितको ट्रकको बजार मूल्य करीब २५ लाख मुल्य बराबरको रहेको जानकारी दिदै एसपी कार्कीले थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन