नयाँ दिल्ली । संकग्रस्त श्रीलंकालाई भारतले अत्यावश्यक स्वास्थ्य सामग्रीको खेप पडाएको छ ।
दक्षिणी मुलुक ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलंकालाई पुन ः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएको हो । आर्थिक संकटमा परेको श्रीलंकालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतीय सरकारको भनाइ छ ।
कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलंकाका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गरियो । आर्थिक संकटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलंकाले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो ।
श्रीलंकाका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए । आर्थिक संकटका कारण बहुआयामिक संकटमा परेको श्रीलंकामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन