सिंगापुरमा अमेरिकी र चिनियाँ रक्षा मन्त्री विच भेट वार्ता हुने

268 Shares

वासिंग्टन । अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आउदो साता रक्षामन्त्री स्तरीय शिखर सम्मेलनका लागि सिंगापुर यात्रामा पहिलोपटक आफना चिनियाँ समकक्षीलाई भेट्ने तयारी गरिएका छन् ।
अमेरिकी सञ्चारमाध्यम (सीएनएन) ले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शनिबार सो कुराको आधिकारिक रुपमा जानकारी गराइएका हुन् । रक्षा अधिकारीले भने, “अस्टिन र चीनका राष्ट्रिय रक्षामन्त्री जनरल वेइ फेन्घे बीचको भेटवार्ताको मिति र समय तय भने अहिलेसम्म भएको छैन ।”
अस्टिनले आगामी शनिबार (जून ११) मा साङ्ग्रिला संवाद नाम दिइएको रक्षा मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सिएनएनले दिएको रिपोर्ट अनुसार अप्रिल २० मा अस्टिन र वेइले करिब ४५ मिनेट टेलिफोन सम्वाद गरेका थिए । यो अमेरिकी रक्षामन्त्रीको एक वर्षभन्दा पहिले डोनाल्ड ट्रम्प राष्ट्रपति रहेको समयदेखि संवादहीन दुई विदेशमन्त्री बीचको संवादहीनताको अवस्थालाई तोड्दै आफना चिनियाँ समकक्षीसँग सम्बन्ध सुधारका लागि पहल थाल्ने संकेत हो ।
पेन्टागन स्रोतले भने चिनियाँ समकक्षी सँगको वार्ताबारे कुनै कार्यक्रम तय भइनसकेको जनाएको छ । अर्का वरिष्ठ अमेरिकी रक्षा अधिकारीले केही हप्ता पहिले भनेका थिए, “चिनियाँ विदेशमन्त्री सँगको पहिलो कुराकानी राम्रो थियो । विभिन्न विषयमा छलफल गरिएको थियो । स्पष्ट तः इन्डो–प्यासिफिकमा सुरक्षासम्बन्धी विवादहरू देखिए । मेरो विचारमा यो विषयलाई म अहिले यतिमा नै सीमित गर्नु उचित होला ।”

प्रतिक्रिया

सम्बन्धित समाचार