चेन होटल म्यारियटले रुस छाड्ने घोषणा गरे

   २१ जेष्ठ २०७९, शनिबार १८:४०  

रुस र युक्रेन विच जारी युद्धलाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय चेन होटल म्यारियटले रुस छाडेको छ ।
रुसमा स्थापना भएको २५ वर्षपछि म्यारियटले आधिकारिक रूपमै रुस छाडेको हो । कम्पनीले रुसको राजधानी मस्कोमा रहेको आफ्नो कार्यालय बन्द गरेको छ ।
रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला गरेपछि बहुराष्ट्रिय कम्पनीहरूले रुससँगको सम्बन्ध निरन्तर तोड्दै आएका छन् । यसैक्रममा म्यारियट होटलले पनि रुस छाडेको घोषणा गरेका छन् । यसक्रममा म्यारियटले भनेको छ, ‘पश्चिमाले रुसमाथि लगाएको प्रतिबन्धका कारण होटल सञ्चालन गर्न सम्भव नरहेको हुँदा बाध्य भएर बन्द गर्नुपरेको बताइएको छ ।’
रुसको भूमिमा म्यारियटको २२ वटा होटल सञ्चालनमा थिए । यी सबै होटल बन्द गर्ने घोषणा गर्दै म्यायरियटले भनेको छ, ‘युरोपियन युनियन, युनाइटेड किंगडम र अमेरिकाको प्रतिबन्धका बाबजुद रुसमा होटल सञ्चालन गर्न सकिएन ।’ म्यारियट अघि म्याकडोनाल्ड र स्टारबक्स जस्ता चेन होटल÷रेष्टुरेन्टले पनि रुस छाडिसकेका छन् ।
खासगरी, छिमेकी युक्रनेमाथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकहरू रुसलाई आर्थिकरूपमा एक्ल्याउन चाहन्छन् । जसको प्रभावस्वरूप पश्चिमा ब्राण्डहरूले मस्कोसँगको दूरी बढाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै