थाइल्याण्डमा मानिसको घाँटीबाट जिउदो माछा झिके चिकित्सक

   २१ जेष्ठ २०७९, शनिबार १८:४८  

बैंकक । थाइल्याण्डमा एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया गरिएको छ ।
सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुख भित्र पसेको थाई सञ्चार माध्यमहरूले जनाएका छन् ।
माछा घाँटीभित्र पसेपछि उनी निसासिएका थिए । श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक अस्पतालमा पु¥याएका थिए । एक घन्टा लामो शल्यक्रिया पछि रगतले भरिएको माछालाई उनको घाँटीबाट बाहिर निकाल्न चिकित्सक सफल भए ।
‘मुखभित्र माछा पस्ने घटना निकै दुर्लभ हो । यस्तो केस मैले पहिले कहिल्यै देखेको थिइनँ,’ डा. सर्मश्री पाथोमपानिच्रतले भने, ‘हाम्रा डाक्टरहरूले हाम्रो बिरामीको अंगमा हुने क्षतिलाई कम गर्न कडा मेहनत गरे । उनीहरूले बिरामीलाई सफलतापूर्वक बचाएका छन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै