zoom download 5.6.5 zoom cloud meeting app free download for pc windows 10 how do you download zoom recordings zoom app marketplace permissions zoom for desktop windows download one hour one life zoom mod download zoom windows free download

लागु औषध सहित एक पक्राउ

   १९ माघ २०७७, सोमबार २१:१०  

तराई टप संवाददाता
रौतहट, १९ माघ । सिमापारी भारतीय बजारबाट लागु औषध लिएर चोर नाकाबाट नेपाल प्रवेश गरेको अवस्थामा नेपाल प्रहरीले गौरको विपी चोकमा चेकजाँचको क्रममा लागु औषध सहित एक जनालाई सोमवार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नियमित चेकजाँचमा प्रहरी हवलदार शैलेश त्रिपाठीको कमाण्डमा खटिएको प्रहरी टोलीले गौर नपा ३ विपी चोकमा प्र २ ०००१ ह.२९७ नम्वरको टेम्पुलाई रोकी चेक जाँच गर्दा मकवानपुर जिल्ला हेटौडा उप महानगरपालिका ७ का २२ बर्षिय कृष्ण थापा मगरलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो ।


युवक मगरले लगाएको ज्याकेटको तलाशी गर्दा ३६० पिस नाइट्रोभेट लागु औषध सहित पक्राउ परेको हुँदा निजलाई जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध ओसार पसार ऐन अन्तर्गत मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको एससी सिद्धीविक्रम शाहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै