गौर (रौतहट), २३ जेठ । नेपालीमा एउटा उखान रहेको छ, “कही नभएको जात्रा, हाँडी गाउँको जात्रा” झै गौरमा रहेको एक पारिवारिक झोले विद्यालयको रहयोदघाटन भएको छ ।
श्रीमान कार्यालय सहयोगी, श्रीमती प्रधानाध्यापक, नन्द राहत शिक्षिका, भाउजु बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो पारिवारिक झोले विद्यालयको रहयोदघाटन भएपछि नवनिर्वाचित भएर आएका मेयर एक्सनमा जुटेको हो । सदरमुकाम जस्तो स्थानमा विगत १५ बर्ष देखि एउटा झोले विद्यालय संचालनमा रहेको छ जसमा एउटै परिवारका शिक्षक देखि लिएर कार्यालय सहयोगी सम्म रहेर मज्जाले झोले विद्यालय संचालन गर्दै आएका हुन् ।
श्रीमान कार्यालय सहयोगी, श्रीमती प्रधानाध्यापक, नन्द राहत शिक्षिका, भाउजु बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो पारिवारिक झोले विद्यालयको रहयोदघाटन भएपछि नवनिर्वाचित भएर आएका मेयर एक्सनमा जुटेको हो ।
रौतहट सदरमुकाम गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया स्थित बगैचामा प्राथमिक विद्यालय गौर ६ को मा संचालनमा रहेको उक्त झोले विद्यालय विरुद्ध गौर नगरपालिकाले कारवाही प्रक्रिया अगाडी बढाएका हुन् ।
२०६३ सालमा स्थापना भएको उक्त झोले विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापकमा निजको बुहारी साबित्री यादव, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्याय सहयोगीमा छोरा अशोक यादव रहेको छन् ।
कार्यालय सहयोगी अशोक यादव प्रअ सावित्रीको श्रीमान हो । विगत १५ बर्ष देखि पारिवारिक विद्यालयको रुपमा स्थापना गरेर नेपाल सरकारबाट पाउने सेवा सुविधाहरु उपभोग गर्दै आएका छन् । शिशु कक्षा देखि लिएर ६ सम्मको अध्यापन गर्न मिल्ने उक्त झोले विद्यालयको बारेमा जानकारी पाउना साथ नवनिर्वाचित मेयर शम्भु साह सहितको टोली उक्त विद्यालयमा पुगेर स्थलगत रुपमा अनुगमन गर्दा शिशु देखि ६ सम्मका २४ जना विद्यार्थीहरु एउटै कक्षामा राखेर अध्यापन गराइरहेको भेटियो ।

विद्यालयमा कति जना विद्यार्थीहरु अध्ययन गरिरहेको छ सोको रेकर्ड, एकै परिवारका सबै व्यक्तिहरु शिक्षक देखि कार्यालय सहयोगी सम्म के कति कारणले राखिएको, विद्यालयको अवस्थामा किन सुधार आएन, यत्रो लामो समय देखि संचालनमा रहदा त्यहाँ समुचित रुपमा खानेपानी र शौचालयको सुविधा किन नरहेको भन्दै प्रधानाध्यपक सावित्री संग नगरपालिकाबाट स्पष्टिकरण सोधिएको जानकारी दिदै मेयर साहले साता दिन भन्दा बढि समय वितिसक्दा पनि जवाफ नदिएको तराई टप अनलाईन संग कुरा गर्दै बताए ।
मेयर साहका अनुसार व्यक्तिगत रुपमा २ कत्ठा जग्गा दिएर विद्यालय स्थापना गराउन सफल भएको र राजनीतिक पहुँचको आधारमा व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर यादवले आफनै घरका सवै सदस्यहरुलाई राखेर सरकारी रकमको चरम दुरुपयोग गर्दै आएको छ । विद्यार्थी संख्या नभएका विद्यालयलाई नजिकै रहेको अन्य विद्यालयमा मर्ज गर्नुपर्ने भएतापनि राजनीतिक संरक्षणमा कार्यकर्ताहरुलाई शिक्षिका, कार्यालय सहयोगीको आडमा सरकारी रकमको दुरुपयोग गरिएकोमा नगरपालिकाबाट आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाइएको उनले भने ।
त्यसमा कार्यरत रहेका महिलाहरुलाई सामान्य कुराको जानकारी नभएको, शिक्षण सिकाईको अभाव देखिएको, विद्यार्थी संख्या चरम अभाव रहेको र घरायसी विद्यालयको रुपमा परिणत गराएर नगरपालिकाबाट ठूलो आर्थिक अनुदान विगतका दिनहरुमा पाउदै आएकोमा आश्चर्य व्यक्त गर्दै त्यस्ता झोले विद्यालयहरु विरुद्ध कडा कारवाही चाल्ने स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन