307
Shares
नयाँ दिल्ली – भारत र पाकिस्तानबीच सिन्धु नदीको पानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सिन्धु नदीबारे वार्ता गर्न भारत पुगेको पाकिस्तानी टोली र भारतीय पक्षबीच यसबारे सम्झौता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
सम्झौता स्थायी सिन्धु आयोगको ११८ औं बैठकमा तय गरिएको जनाइएको छ । भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई पक्षबीच मैत्रिपूर्ण एवम् सौहाद्र्रपूर्ण वातावरणमा वार्ता भएको उल्लेख गरेको छ ।
वार्तामा भारतीय पक्षको नेतृत्व भारतीय सिन्धु जल आयुक्त एके पाल र पाकिस्तानी पक्षको नेतृत्व पाकिस्तानी जल आयुक्त सइद मुहम्मद मेहर अली शाहले गरेको जनाइएको छ ।
यससँगै दुबै पक्षले आगामी वार्ता पाकिस्तानमा आयोजना गर्ने सहमति समेत जनाएको एएनआईले जनाएको छ । यद्यपि आगामी वार्ताको मिति भने तय हुन बाँकी रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन