एक लाख ७० हजार बराबरको अबैध समान बरामद

तराई टप संवाददाता
रौतहट, १९ माघ । भन्सार छली गरेर नेपाल प्रवेश गरेका सामानहरुलाई नेपाल प्रहरीले विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको छ ।
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट भारत तर्फ बाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी झोला बोराहरुमा नेपाल तर्फ भित्याउदै गर्दाको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखी झोला बोराहरु छाडी भागी फरार भएपछि वेवारिसे अवस्थामा उक्त मूल्य बराबरको सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको हो ।
स्टेशनरी, चिनी, सुर्ती, कष्मेटिक, खुर्सानी धनीया, पानीपुरी सहितको साइकलको पार्टपुर्जा गरी करिव एक लाख ७३ हजार ५ सय मूल्य बराबरको भन्सार छलीको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सारमा दाखिला गरेको रौतहट प्रहरीको एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।