काठमाडौं, २४ जेठ । “३ को कमाल, क्यासब्याकले धमाल” आइएमई पे र फुडमाण्डु बीच सम्झौता भएका छन् ।
आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” वीच सम्झौता भएको हो । सम्झौता भए अनुरुप जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेका छन् ।
“३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गर्दा सोको योगफलमा १५% क्यासब्याक पाउने छन् । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ ।
अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने आइएमई “पे” ले बताए ।
आइएमई पेको बारेमा जानकारी ः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने नेपालको पहिलो कम्पनीको रुपमा स्थापित रहेका छन् ।
आइएमई पे मोबाईल वालेट मार्फत सेवाग्राही आफैले वा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी कारोवार गर्न सकिन्छ । व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा टच स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आएका छन् ।
यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध गराइएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ । २० लाख भन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पे ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल रहेका छन् ।