७ किलो गाँजा सहित दास पक्राउ

   २४ जेष्ठ २०७९, मंगलवार २०:५६  

रौतहट, २४ जेठ । रौतहटबाट अवैध लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
गोप्य सुचनाको आधारमा प्रहरीले चन्द्रपुर ६ घर भएका पनियालाल दासलाई ७ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कर्यलय चन्द्रपुरबाट खटिएको प्रहरी टोलिले दासलाई करिव ७ किलो गाजा सहित उनकै घर बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बिगत केही बर्ष देखि उनी घरै बाट गाजाको बिक्री बितरण गर्दै आएका थिए। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी सन्तुप्राद जयसवारले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै