जनकपुरधाम, २५ जेठ । जनता समाजवादी पार्टी भित्र यतिखेर एक अर्का प्रति अविश्वासको वातावरण उत्पन्न भई हात हालाहालको अवस्थामा पुगेको छ ।
जसको परिणाम स्वरूप जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा धनुषा जिल्लाको समीक्षा बैठकमा नेताहरुले एकअर्का विभिन्न लाञ्छना लगाउदै हात हालाहाल भएका घटनाबाट पार्टी भित्र चरम गुटबन्दी रहेको पुष्टि गरेका हुन ।
जनकपुरधाम स्थित होटेल बाबाको ढावामा मंगलवार भएको समीक्षा बैठकमा संगठनको अवस्था बलियो रहे पनि चुनावमा भएको नराम्ररी पराजयको विषयमा नेताहरुले खुल्ला रुपमा पार्टी नेतृत्व माथि आरोप लगाउन थालेपछि अवस्था विग्रिएर कुटाकुट भएको थियो ।
बैठकमा सहभागी एक जना सदस्यका अनुसार जसपा सबैला नगरपालिकाका अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको गम्भीर आरोप लगाए। समीक्षा बैठकमा उपस्थित रहेका अध्यक्ष यादव समर्थकहरुले कुटपिट गरेका थिए ।
बैठकमा अचानक कुटपिट गर्न थालेपछि आक्रोशित बनेका सहभागीहरुले यादव पक्षधरहरुलाई रामधुलाई दिएका थिए ।बैठकमा कुटाकुट हुन थालेपछि मापदण्डमा नपर्नेहरुलाई बैठक हल बाहिर निकालियो ।
जिल्लाका नगर र गाउँपालिकाका पदाधिकारीहरु र सिकिन्दर सिंह यादव, अवधकिसोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि आक्रमण गरेका थिए ।
पछि सहभागीहरुले यादव, रविदास र मुखियालाई कुटपिट गर्दै हल बाहिर निकालेका थिए । उनीहरुलाई पार्टीको नगर समितिबाट समेत निष्काशन गरिसकिएको बताउँदै रायले भने, पार्टी अनुशासन र मर्यादाको सबै सीमा पार गरिसक्यो ।
स्थानीय तहको चुनावमा पार्टी भित्रको असन्तुष्टिबाट भएको घातले परिणाम प्रतिकूल भएको जनाउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुसितको छलफलमा भने, पार्टीमा देखिएको असन्तुष्टि र विवादलाई न्यून गर्न केन्द्रीय सदस्यहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताए ।
पार्टीलाई कमजोर बनाउन विभिन्न शक्तिहरुको चलखेल बढेको औल्याउँदै अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुलाई सजग भएर संगठन विस्तारमा लाग्न आग्रह गरे ।‘पद लिन खोज्ने तर जिम्मेवारी निर्वाह नगर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्छ’ अध्यक्ष यादवको भनाई उद्घृत गर्दै एकजना सदस्यले भने, म पनि यो पदमा सँधै रहिरहने होइन् ।
अगामी चुनावमा मधेशको मतलाई अन्यत्र जान नदिन लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) लाई समेत विश्वासमा लिएर अगाडि बढने वातावरण बनाउन उनले आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन