नेपालको प्रगतिमा भारत पनि लाभान्वित हुने तथा नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको छैन

387 Shares

काठमाडौं, २६ जेठ । नेपाल सार्वभौम एवं शान्तिप्रिय देश रहेको सर्वव्यापी छ, भारत कहिल्यै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको र सधै असल मित्रको सम्बन्ध निर्वाह गर्दै आएका छन् ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा विदेश विभागका पूर्व प्रमुख डा. विजय जोलीले नेपाल र भारत दुई देशबीचको सम्बन्ध हिजो पनि ठिक रहेको, आजपनि ठीक रहेको र भोलिका दिनमा पनि ठिक रहने दाबी गरेका हुन् ।

मंगलवार राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो कुरा बताए । भारतले सधैं नेपाललाई शक्तिशाली र विकाससील देश भएको हेर्न चाहेको पनि उनको भनाई छ । उनले भारतले सँधैं नेपालसँग सुमधुर सम्बन्ध बनाएर राख्न चाहेको स्मरण गराए ।

उनले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पनि नेपाल भारत सम्बन्ध अटुट र प्रगाढ रहने विश्वास दिलाए । नेपालमा विकास भए यसको लाभ भारतले पनि पाउने उनको भनाई थियो । भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप नगरेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार