काठमाडौं । चार करोड रुपैयाँ सहित चार चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नुवाकोटबाट काठमाडौं आउँदै गरेको गाडीको डिकीबाट प्रहरीले करिब चार करोड रुपैयाँ बरामद गरेका हुन् ।
लामो समयदेखि नेपालमा बस्दै आएका चिनियाँले स्रोत नखुलेको सो पैसा ओसारपसार गरेका थिए ।
मंगलबार बिहान ९ बजे नागढुंगामा नियमित चेकजाँचका क्रममा गाडीको डिकीमा प्लास्टिकको बोराभित्र लुकाएको अवस्थामा तीन करोड ९८ लाख १३ हजार सात सय २० रुपैयाँ बरामद भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए ।
गाडीमा सवार चार चिनियाँ र नेपाली चालकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ ।
गाडी चालक नुवाकोटका फूलबहादुर गुरुङ हुन् ।बरामद रकम आपराधिक गतिविधिबापतको हुन सक्ने प्रहरी आकलन छ । प्रारम्भिक सोधपुछमा उनीहरूले पैसाको स्रोत खुलाउन सकेका छैनन् ।
विस्तृत अनुसन्धान हुँदा यसमा ठूलै गिरोह पत्ता लाग्ने प्रहरी अधिकारीहरू बताउँछन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूलाई १४ दिन थुनामा राख्ने म्याद अदालतबाट लिएको छ । उनीहरूको कार पनि प्रहरीले विभागमा बुझाएको छ । विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न चिनियाँ नेपालमा पक्राउ पर्दै आएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन